नाकाका धर्नाकारीलाई कुकुर र स्यालदेखि रक्स्याहासम्मको सास्ती

sunali-bordar-bhw-800x600पुस ७ । काठमाडौं, ‘हरेक रात घन्टैपिच्छे दृश्य फरक हुन्छ यहाँको, असोज ७ देखि अनवरत वीरगन्ज–रक्सौल सीमा नाकामा धर्नामा बसिरहेका पर्सा, सुगौलीबिर्ताका सकुर आलमले सुनाए,’यहाँ रात बिताउनु सजिलो काम होइन।’

द्यसगजा नाकामा करिब दर्जन धर्नाकारी यस्ता छन् जसले न साउनेझरी भने न पुसको ठन्डी–निरन्तर धर्ना दिइरहेकै छन्।

तिनै एक दजन धर्नाकारीमध्ये एक हुन्, आलम। नेपालको प्रमुख व्यापारिक नाका वीरगन्ज रक्सोलवीच सिर्सिया नदीमाथिको मितेरी पुल। वारि नेपाल, पारि भारत। साउन ३१ देखि बिना पूर्व घोषणा सुरु भएको अनिश्चितकालीन तराई मधेश बन्दको ४१ औँ दिन अर्थात असोज ७ देखि आन्दोलनरत दलहरुले मितेरी पुलमा धर्ना थाले। नाकाबन्द गरेर आपूर्ति रोक्दै सरकारलाई आन्दोलनका मागहरुमा सहमत गराउन धर्ना तीन महिनादेखि जारी छ।

‘दुर्गन्ध, लामखुट्टे, स्याल, भुस्याहा कुकुर, राति आउने रक्स्याहा र तस्कर,”नियमित धर्नामा रात बिताएका मध्ये कृष्ण पटेल कुर्मीले भने,”मौसमको प्रकोप र यी समस्याबोहक खालने पानी नहुनु र दिसापिसाब गर्न टाढा जानुपर्ने समस्या र आक्रमणको भय निरन्तर छ नाकामा।’ समाचार आजको नागरिक दैनिकमाछ ।

सम्बन्धित शिर्षकहरु