जनकपुरधाम, । सशस्त्र प्रहरी बिओपी जटहीले आज दिउँसो रु ५६ लाख ५८ हजार ८७० नेपालीसहित दुई भारतीयलाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा भारत मधुवनी जिल्लाअन्तर्गत बासोपट्टी–८ का २८ वर्षीय गुदी मुरारका र ३० वर्षीय कुमार पासवान रहेको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले बताउनुभयो ।
सशस्त्र प्रहरीको गस्ती टोलीले सुराकीका आधारमा धनुषा नगराइन–९ मा उक्त रकमसहित ती भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
उनीहरुले अनटेस्ट पल्सर मोटरसाइकलको डिक्कीमा सो रकम राखेर जनकपुर आइरहेको थियो । पक्राउ परेका भारतीय नागरिक रुपैयाँ र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको हो । रासस







