कोइरालालाई सभापति उठ्न नदिन को को लागे?

nepali-congressमंसिर २३ । काठमाडौं, कांग्रेसको १३ औं महाधिवेशनको तिथि नजिकिदै गर्दा भावी नेतृत्वका लागि प्रतिस्पर्धा सुरु भएको छ ।

नेतृत्वको लागि बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल मैदानमा उत्रिइसकेका छन् । देउवा र पौडेल सम्पर्क कार्यालय समेत खोलेर प्रचारमा जुटिसकेका छन् । घोषणा नगरे पनि सुशील कोइरालाले संस्थापन पक्षबाट आफै उम्मेदवार हुने सन्देश दिएका छन् ।

पार्टी कार्यकर्ताको भावना विपरीत प्रधानमन्त्री निर्वाचनमा प्रतिस्पर्धा गरेकामा आलोचित कोइरालालाई सभापतिमा उम्मेदवारी नदिन संस्थापन पक्षभित्रैबाट दबाब पर्न थालेको छ । यस्तो दबाव दिनेमा उपसभापति पौडेल, एक समय कोइरालाका विश्वासपात्र रहेका महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य महेश आचार्य, नरहरी आचार्यलगायत छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

सम्बन्धित शिर्षकहरु