छोराछोरीले मेरो मजाक उडाउँछन्

एजेन्सी, हलिउड अभिनेत्री एन्जेलिना जोलीले छोराछोरीका लागि आफू मजाकको पात्र बन्ने गरेको खुलाएकी छिन् । आफ्नो खिल्ली उडाउँदा उनीहरू रमाइलो मान्ने गरेको पनि जेलीले बताएकी छिन् । करिअरको सवालमा प्रोफेसनल व्यवहार देखाउने जोलीले घरभित्र श्रीमान् ब्रड पिट र छोराछोरीबीच भने फरक ढंगले प्रस्तुत हुने बताइन् ।

‘सोच्छु कि म निकै रमाइली छु । छोरो मेडोक्स कैयौँ समय मसँग लेख्नेबारे कुरा गर्छ, उसलाई कहिल्यै महसुस हुँदैन कि म यसमा खराब छु । विवियन पान्डा फिल्म हेरेर निकै खुसी हुन्छ, जहाँ म बाघ बनेकी छु ।’ जोली भन्छिन्, ‘लाग्छ, म सानी बच्ची हुँ । कुनै वेला म शान्त भएर बसेँ भने छोराछोरी आएर मलाई उनीहरूको रमाइलोमा सहभागी गराउँछन् र मलाई रमाइलोको पात्र बनाएर मजाक उडाउँछन् ।’ नयाँ पत्रिका ।

सम्बन्धित शिर्षकहरु