जिन्दगीमा साइकल सिक्न सक्छुजस्तो लाग्दैनथ्योः ऋतिक रोशन

एजेन्सी, को तारिफ नगर्ने कमै हुन्छन् । दुनियाँका नजरमा ऋतिकको ‘स्टारडम’ निकै माथि छ । तर, आफ्नो बचपन सम्झिँदा ऋतिकलाई लाग्छ रे, उनी अझै पनि बच्चा नै छन् । यसो भन्दै गर्दा उनले बालापनको एक घटना सम्झिन भ्याए ।

‘मेरो जीवनको एउटा कुरा सुनाउँछु,’ ऋतिकले आफ्नो बालापन स्मरण गर्दै सुनाए, ‘सानो छँदा मलाई लाग्थ्यो कि यो जिन्दगीमा कहिल्यै साइकल सिक्न सक्दिनँ होला ।’ साइकलमा चढेर पाइडल घुमाउन थाल्नेबित्तिकै पटक–पटक लड्ने गरेको उनले बताए । उनले एक दिन बुबासँग साइकल सिक्न गएको पनि सम्झिए । ‘म बुबासँग साइकल सिक्न गएको थिएँ,’ त्यो दिन सम्झिँदै भने, ‘बुबाले एक हप्तामा साइकल चलाउन सक्ने गरी सिकाइदिने ढाडस दिनुभएको थियो ।’ तर, उनलाई लागेछ, यतिका दिन सिक्न नसकेको कुरा एक हप्तामा कसरी सिक्न सकुँला ?

उनी दोस्रो–तेस्रो दिन पनि बुबासँग साइकल सिक्न गए । ‘दोस्रो दिन ममा थोरै आत्मविश्वास बढ्यो, बुबाले साइकल ‘ब्यालेन्स’ गर्न सिकाइदिनुभएको थियो,’ उनले भने, ‘तेस्रो दिन बुबाले साइकल समातेर मलाई ब्यालेन्स गर्न लगाउँदै अगाडि बढ्न भन्नुभयो । तर, बुबाले हात छोडिदिए मेरो हालत के होला भन्ने डरले निकै आत्तिएको थिएँ ।’ तर, ऋतिकमा आत्मविश्वास बढ्दै गयो । बुबाले भनेअनुसार उनी केही दिनमै एक्लै साइकल चलाउन सक्ने भए । ‘बुबाले भनेअनुसार म एक्लै पनि साइकल हाँक्न सक्ने भएँ, बुबाले साइकल सिकाएको त्यो घटना कहिल्यै भुल्न सक्दिनँ,’ ऋतिकले स्मरण गरे । नयाँ पत्रिका

सम्बन्धित शिर्षकहरु