पाल्पामा जिप दुर्घटनामा तीनको मृत्यु, २४ घाइते

मंसिर ११ । पाल्पा, सदरमुकाम तानसेनबाट गोठादीतर्फ जादै गरेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २४ जना घाइते भएका छन् ।

झडेवा–२ बोखर गाउँमा भएको दुर्घटनामा परी झडेवा–५ की ६० वर्षिया रम्भादेवी गाहा, रहवास–६ का २४ वर्षिय खड्ग चौहान र गोठादीका ७१ वर्षिय टेकबहादुर लुंइचेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार लु १ व १९२२ नम्बरको जिप दुर्घटनामा परी घाइते भएकालाई लुम्विनी मेडिकल कलेजमा उपचार गरिएको छ ।

घाइतेमध्ये २ जना बालबालिका र अन्य २२ जना रहेका छन् । मेडिकल कलेजका अनुसार ३ जनाको अवस्था नाजुक रहेको छ । प्रहरीका अनुसार अत्यधिक यात्रु राखेको र घुम्तीमा दुर्घटना भएको छ ।

सम्बन्धित शिर्षकहरु