मंसिर ११ । काठमाडौं, तराई– मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रि मधेसी मोर्चाले आमसभाको लागि तयार पारेको मञ्च इटहरीबासीले भत्काइदिएका छन् । मधेसी मोर्चाका नेता कार्यकर्ताले सद्भाव विथोल्ने अभिव्यक्ति दिन लागेको थाहा पाएर कार्यक्रम विथोलेको इटहरीबासीले जानकारी दिएका छन् ।
‘देशलाई नै विखण्डन गर्नु पर्छ भन्नेहरूलाई जनताले प्रतिरोध गरेका उनीहरूले जानकारी दिए । ‘शान्ति र आपसमा मेलमिलाप पूर्वक समाजमा आएर उत्तेजक भाषण गर्ने राजेन्द्र महतोहरू लाई सद्धभाव नखलबल्याउन चेतावनी दिन स्वरुप कार्यक्रम विथोलिएको उनीहरूको भनाई छ ।
‘यो नाकाबन्दी विरुद्धको आक्रोश हो । यो कार्यक्रम जसरी भएपनि हुन नदिने उनीहरूको भनाई छ ।
‘नाकाबन्दीका कारण जनतामा आक्रोस छ । त्यहि आक्रोस स्वरुप आजको घटना भएको हो’, तोडफोड र आगजनी जनताको स्वतःस्फूर्त भएको बताउँदै पार्टी विशेषको मात्र भूमिका नभएको उनीहरूको जिकिर छ ।
सो निर्वाचन क्षेत्र उपेन्द्र यादवको हो । यादवसँगै महतो पनि आउन लागेकाले कार्यक्रम विथोलिएको उनीहरूको भनाई छ ।








