काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच राष्ट्रपति कार्यालयमा शीतल निवासमा आज भेटघाट भएको छ ।
सो अवसरमा राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री ओलीले अघोषित नाकाबन्दीका कारण मुलुकमा परेको समस्या, तराई–मधेसमा जारी आन्दोलनका बारेमा जानकारी गराएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
भेटमा प्रधानमन्त्री ओलीले तराई मधेसका जारी आन्दोलनलाई वार्ता र संवादको माध्यमबाट हल गर्न र नेपाल भारत सीमा क्षेत्रमा देखिएको समस्यालाई कूटनीतिक माध्यमले समाधान गर्न सरकार लागेको बताएको सल्लाहकार दाहालले वताए ।








