चन्द माओवादीले व्यूँतायो जनसरकार

resize_image.phpकाठमाडौं, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले जनयुक्तकालिन् जनसरकार व्यूँताएको छ । विप्लव माओवादीले २७ सदस्यीय जनसरकार घोषणा गरेको हो । राजधानीको शान्तिबालिटाका भारतीय नाकाबन्दीको बिरोधमा आयोत कार्यक्रममा समानान्तर सरकारको घोषणा गरेको हो । जनसरकार प्रमुखमा प्रमुखमा सन्तोष बुढामगर र उपप्रमुखमा पदम राई रहेका छन् । २७ सदस्यीय कमिटीका अन्य सदस्यहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

आजै उसले १ सय ५१  सदस्यीय जनप्रतिनिधी सभा घोषणा गरेको छ । यसको प्रमुखमा जनयुद्धको समयमा गोरखा जेल ब्रेक गरकी उमा भुजेललाई बनाएको छ ।

पछिल्लो समयमा पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकेको आवाज उठिरहेको समयमा पार्टी विभाजन गरेको एक बर्षमा जनसरकार र जनप्रतिनिधी सभा घोषणा गरेको हो ।

त्यस्तै विप्लव माओवादीले भारतले लगाएको नाकाबन्दीका विरुद्ध बृहत प्रदर्शन गरेको छ । प्रदर्शन पछि आयोजित कार्यक्रममा नेकपा माओवादीका प्रवक्ता खडक बहादुर विश्वकर्माले भारतले लगाएको नाकाबन्दी मानवता विरुद्ध भएको बताए । संसारको लोकतन्त्रको मसिहा ठान्ने भारतले नेपालमाथि नाकाबन्दी लगाउनु गलत भएको भन्दै अब भारतीय प्रधानमन्त्री मोदीले नेपाली जनतासंग माफि मागेर नाकाबन्दी फिर्ता लिनु पर्ने बताए ।

यदि भारत सरकारले नाकाबन्दी फिर्ता नलिए आफ्नो पार्टी र नेपाली जनताले मानवता विरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्धा हाल्ने बताए ।

उनले सरकारले अहिले भएको असहजतालाई समाधान गर्न नसक्नु नालायकि पन भएको बताए । विकले भने’ ‘आजको दिन जनमुक्ति सेना स्थापना भएको दिन पनि हो, हामी आजैबाट स्वाधीनताको लडाई लड्न तयार छौं ।’

कार्यक्रममा माओवादी नेता धम्रेन्द्र वास्तोलाले भारतले अहिले नेपालको पारवाहन अधिकारको हनन गरेको बताए ।
बास्तोलाले भारतको काग्रेस र सरकारको समर्थनमा संविधान बनेको तर भारतको सरकारको हिन्दु धर्म राख्ने इच्छा भारतीय काँग्रेसले नमानेकोले भारत सरकारले नाकाबन्दी गरेको बताए । अहिलेको नाकाबन्दी भारतको सत्ता पक्ष र विपक्षको लडाइका कारण भएको बताए ।

उनले नेपालबाट भारतीय कर्मचारी लखेट्नु पर्ने बताए । भोलिबाट आफ्नो पार्टी नेपालका उद्योग धन्धाबाट भारतीय कर्मचारी लखेट्ने भन्दै यसको लागि आफ जेलजान पनि तयार रहेको बताए । उनले भने, ‘अहिलेको सरकार पपनि भारतीय दलालहरुको हो ।’ उनले केवल हिन्दु धर्म संविधानमा लेख्न जनताको डरले लेख्न नसकेकाले आफुलाई राष्ट्रवादी देखाएको बताए । उनले कांग्रेसको पालामा नेपालका उद्योगधन्दा कलकारखाना बेचिएको भन्दै कांग्रेसमा भारतका बफादार नेता थुप्रै भएको जिकिर गरे।

सम्बन्धित शिर्षकहरु