एजेन्सी, जिस्म २’ बाट बलिउड ‘बेबी डल’ सन्नी लियोनीले जब बलिउडमा पाइला टेकिन् तब बलिउड बेस्सरी गर्मायो । केही आइटम डान्सर बाहेक ज्यानै उदांगो पार्ने अभिनेत्री नभेटिरहेका बलिउड निर्माताले उनीबाट ठूलै फाइदा हुने देखे । त्यसपछि सन्नीलाई फिल्मको लामै लाइन लाग्यो ।
तर, समय एकै रेखामा बहँदैन । एउटै तरिकाले सधैं चल्दैन पनि । सन्नीलाई अहिले त्यस्तै भएको छ । बलिउड प्रवेशको चार वर्ष नपुग्दै झण्डै डेढ दर्जन फिल्म खेलेकी सन्नीका फिल्म खासै हिट भएका छैनन् । अब रिलिज हुन लागेको फिल्म ‘मस्तिजादे’ का लागि वितरक नै नपाउने खतरा देखिएको छ ।
उनैले खेलेको फिल्म ‘हेट स्टोरी २’ को सिक्वेलमा जरिन खान र डेजी शाहको गरमागरम दृश्यले भरिएको ट्रेलरले चर्चा पाउँदै गएपछि सन्नीलाई अर्को चुनौति थपिएको छ । यसै कारण डिसेम्बरमा रिलिज हुने भनिएको मस्तिजादेको रिलिज ‘हेट स्स्टोरी ३’ कै कारण पर सारिएको छ । फिल्म निर्माताले मस्तिजादे बेच्न जति माग गरेका थिए त्यति रकममा किन्न कोही तम्सिएका छैनन् ।
हेट स्टोरी ३ ले टन्नै हल पाइसक्दा मस्तिजादेको भारतभर रिलिज गर्ने राइट कसैले किनेको छैन ।







