भारत र मधेसी मोर्चाको भन्दा केपी ओली खतरनाकः नेता निधी

Nepali Congress leader Bimalendra Nidhi speaking at an interaction at the Reporters' Club on Friday, November 20, 2015. Photo: Reporters' Club

काठमाडौं, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले भारत र मधेसी मोर्चा भन्दा प्रधानमन्त्री केपी ओली खतरनाक रहेको टिप्पणी गरेका छन् । संविधान संसोधन प्रस्ताव अगाडि नबढाएर प्रधानमन्त्री ओलीले गरेको नाकाबन्दी मुलुकको लागि बढी खतरनाक भएको उनको टिप्पणी थियो ।

शुक्रवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘मुलुकमा अहिले तीन किसिमको नाकाबन्दी छ । घोषित वा अघोषित कुनै पनि नाकाबन्दी राम्रो होइन । हामी नाकाबन्दी खुलाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आन्दोलनरत मधेसी मोर्चालाई अनुरोध गर्छौ । तर यो बेला संविधान संसोधन विद्येयकमाथि प्रधानमन्त्री केपी शर्मा ओली र उनले नेतृत्व गरिरहेको नेकपा एमालेले नाकाबन्दी गरिरहेको छ । यो सबैभन्दा खतरनाक छ ।’
उनले थपे, ‘आन्तरिक नाकाबन्दी एमाले र प्रधानमन्त्री ओलीले गरेका छन् संविधान संसोधन नगरेर संसोधन पहिला भएको भए धेरैकुरा मिलिसक्थ्यो ।’

निधीले नेपाली कांग्रेस नेतृत्वको सरकारले संसदमा दर्ता गराएको संविधान संसोधन प्रस्ताव अहिलेको संकट समाधानको प्रस्थान विन्दु हुने दाबी समेत गरे ।

संविधान संशोधनका लागि कांग्रेसले सडक आन्दोलनदेखि संसद अबरुद्धसम्मका दबावमुलक भूमिका निर्वाह गर्ने उनले बताए ।

निधिले भने, ‘संसोधन प्रस्ताव पारित गराउन कांग्रेसले संसदीय मर्यादाअनुसार दवाव दिन्छ । त्यो संसद अवरुद्धदेखि सबै प्रजातान्त्रिक विधी हुन सक्छ ।’

निधीले संसोधन प्रस्ताव पारित गराउन संसदसँगै बाहिर पनि दवाव दिने तयारी गरेको जानकारी दिदै त्यसकोलागि पार्टीका जिल्ला कमिटी, क्षेत्रीय र गाउँ कमिटीहरुलाई निर्देशन दिइसकेको जानकारी गराए ।

सीमांकनका नेपाली काग्रेस खुल्ला भएकोले यसमा संवाद र सहमतिबाटै निकास खोज्नुपर्ने आवश्यकता औल्याउँदै उनले त्यसकालागि कांग्रेसले मध्यस्थ गर्दै नेतृत्व लिने बताए ।

सम्बन्धित शिर्षकहरु