सनीले लिइन् निर्देशकसँग यस्तो बदला

एजेन्सी, आजभोलि चलचित्र ‘मस्तीजादे’को ‘सुटिङ’मा व्यस्त बलिउड अभिनेत्री सनी लियोनीले फिल्मका निर्देशक मिलाप झावेरीलाई विशेष ‘गिफ्ट’ दिएकी छिन् । मिलापको जन्मदिनको अवसरमा सनीले यो गिफ्ट दिएकी हुन् । उपहारसाथ मिलाप र सनीको फोटो इन्टरनेटमा अहिले भाइरल भएको छ । सनीले दिएको उपहारको विशेषता हो– ‘बिकिनी’ छापिएको टिसर्ट ।

फिल्मको आधिकारिक ट्विटर एकाउन्टमा त्यो फोटो सेयर पनि भएको छ । त्यसको क्याप्सन लेखिएको छ, ‘सनी बिकिनीमा कस्ती देखिन्छिन्, फिल्म कुर्नुहोला ।’

‘सेक्स कमेडी’ यो फिल्ममा सनीलाई निर्देशक मिलापले दर्जनौँ बिकिनी लगाइदिएका छन् । फिल्ममा निर्देशकले धेरै बिकिनी लगाइदिएकाले बिकिनी प्रिन्ट भएको टिसर्ट दिएर सनीले उनीसँग बदला लिएकी हुन् ।

सम्बन्धित शिर्षकहरु