पेरिसमा आतंकवादी आक्रमणमा परि १ सय बढीको मृत्यु

151113220951_paris_1_624x351_getty_nocreditएजेन्सी, २८ । कात्तिक, फ्रान्सको पेरिसमा आतंकबादी हमला भएको छ । आतंकबादी हमलामा कम्तिमा १०० जनाको मृत्यु भएको त्यहाँका सञ्चारमाध्यमले जानकारी दिएका छन् । फ्रान्सेली प्रहरी स्रोतलाई उद्धृत गर्दै बिबिसीले बताए अनुसार बाटाकालन कन्सर्ट हलमा आक्रमण भएको हो । त्यहाँको आक्रमणमा करिब सय जनाको मृत्यु भएको छ । आतंकबादीहरूले अरु ठाउँहरूमा पनि आक्रमण गरेका छन् । ती आक्रमणहरुमा ४० जनाको मृत्यु भएको बताइएको छ ।

बिस्फोट फुटबल म्याच भइरहेको ठाउँको नजिकै भएको हो । विस्फोटले सबैलाई अत्याएको थियो। फ्रान्स र जर्मनीबीच मैत्रीपूर्ण फुटबल म्याचमा फ्रान्सका राष्ट्रपति समेत उपस्थित थिए। विस्फोट लगत्तै उनी सडकमा निस्किएका थिए।
आक्रमणको यो घटना पेरिसको स्थानीय समय अनुसार रातको करिव नौ बजे भएको थियो ।

अहिलेसम्म घटनाको कुनै समूहले जिम्मा लिएको छैन । तर, चरमपन्थी संगठन इस्लामिक स्टेटका समर्थकहरुले सामाजिक सञ्जालमा पेरिस आक्रमणको प्रसंसा गरेको बीबीसीले जनाएको छ ।

अहिले बाटाकालान कन्सर्ट हल आतंकबादीको कब्जामुक्त भएको छ । आतंबादीहरूले मानिसहरूलाई बन्धकबनाई आक्रमण गरेको बताइएको छ । अहिले बन्धकको स्थिति अन्त्य भएको फ्रेन्च टिभीले जनाएको छ। समाचार संस्थाका अनुसा सुरक्षाकर्मीको जवाफी कारवाहीमा दुई जना आक्रमणकारी मारिएको छन् ।

आतंकवादी हमला र १०० भन्दा धेरैलाई हतियारधारीले बन्धक बनाएपछि युरोपियन मुलुक फ्रान्समा संकटकाल घोषणा गरिएको छ। त्यो सँगै फ्रान्सका सबै सीमा बन्द गरिएको छ।

हतियारधारीले एकैपटक ठाउँ ठाउँमा आक्रमण गरेपछि प्रत्यक्षदर्शीले युद्धकै स्थिति बनेको जानकारी दिए। अहिले पनि वेताक्लँ आर्ट सेन्टरमा मानिसहरुलाई बन्धक बनाएर राखेका छन्। पेरिसका मेयरले पेरिसवासीलाई घरबाट बाहिर ननिस्किन भनेका छन् भने पूरै पेरिसभरि सैनिक परिचालन भएको छ।

वेताक्लँ आर्ट सेन्टरपछि पेरिसको ला पेट कम्बोज रेस्टुरेन्टमा आक्रमण भएको थियो।  अर्को विस्फोट ला करिलोनमा भएको थियो।

सन् १९४५ पछि त्यहाँ पहिलो पटक संकटकाल घोषणा गरिएको हो। त्यहाँबाट भाग्न सफल भएका दुई जनाले घटना कहालिलाग्दो भएको बताएका छन् ।  सिएनएनका अनुसार प्रत्यक्षदर्शीले कन्सर्ट हलभित्र कम्तिमा ६ देखि ८ जना आतंकवादी भएको बताएका छन्।

सम्बन्धित शिर्षकहरु