कात्तिक २४ । रौतहट, मंगलबार विहान रौतहटमा ट्रकले मोटर साइकललाई ठक्करदिँदा मोटरसाइकलमा सवार ४ जनाको मृत्यु भएको छ ।
रौतहट चन्द्रपुर–१३ बालचनपुरमा मा ना५प ९७९१ नम्बरको ट्रकले ना३३प २०६८ नम्बरको मोटरसाइकललाई बिहान सवा पाँच बजे ठक्कर दिँदा रौतहट औरहिया– २ का विवेक कुमार सिंह, कामदेव साह, जयप्रकाश गुप्ता र धमौराका रुपेश यादव रहेको बताइएको छ ।
दुर्घटनामा तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । नाकाबन्दीका कारण रौतहटमा ओर्लिएका तीन यात्रुलाई एउटै मोटर साइकलमा राखि गन्तव्यमा पुर्याउने क्रममा सो दुर्घटना हुन पुगेको रौतहट प्रहरीले जानकारी दिएको छ । विहानैको घटना भएका कारण प्रहरी ढिलोमात्र दुर्घटनास्थल पुग्न सकेको थियो ।








