अष्ट्रेलिया, करिब ७० हजार नेपाली समुदाय रहेको अष्ट्रेलियामा नेपालीहरूको दोस्रो ठूलो पर्व दीपावलीको रौनक छाएको छ । त्यसो त ‘जति टाढा उति माया गाढा’ भनेझैं मुलुकबाट टाढा रहेर प्रवासी जीवनयापन गरिरहेका नेपालीहरूलाई आफ्नो चाडपर्व र संस्कृतिप्रति झन् बढी गौरव लाग्छ । यसर्थ पनि अष्ट्रेलियामा धुमधामसँग तीहार पर्व मनाउन नेपाली समूदाय तम्तयारै देखिन्छन् ।
नेपालीहरूको महान् चाड दीपावलीको अवसरमा अष्ट्रेलियाका विभिन्न राज्यले पनि उत्तिकै महत्व प्रदान गरिरहेको छ । सिड्नी, न्यू साउथवेल्स लगायतक राज्य त्यहाँको स्थानीय प्रशासनले दीपावलीका लागि सांस्कृतिक सहजिकरण गरिरहेको जानकारी त्यहाँका अधिकारीहरूले दिएका छन् ।
नोभेम्बर ९ बाट सुरूभएको यमपञ्चकका अवसरमा त्यहाँको राज्य प्रशासनले दीपावली गर्न तथा आवश्यक सहजिकरणका लागि आफू तयार गरेको जानकारी दिएको हो ।
भ्रातृत्व, भगिनी, पशुपन्छी प्रेम र आत्मपूजकको प्रतिकका अतिरिक्त दीप, फूल, रंग, सेलरोटी, मिष्ठान्नहरूको पर्व दीपावली हर्षोल्लासपूर्वक मनाउन आफूहरु लागि परेको अष्ट्रेलियामा रहेका नेपाली समूदायले बताएका छन् ।








