पूर्ब राजाको रहस्यमय भारत भ्रमण

कात्तिक २३ । काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार अपराह्न भारत प्रस्थान गरेका छन् । संविधान जारी हुनासाथ भारतद्वारा लगाइएको नाकाबन्दी अझ कडा बनेका बेला पूर्वराजा शाहको यो भ्रमणलाई रहस्यमय मानिएको छ ।

समाचार स्रोतका अनुसार भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहको निमन्त्रणामा उनी दिल्ली प्रस्थान गरेका हुन् । संविधान जारी हुनुअघि पनि पूर्वराजा शाह बैंकक प्रस्थान गरी भारतीय गृहमन्त्री राजनाथ सिंह र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो तहका नेतालाई भेट गरिएको बताइएको थियो । उक्त भेटवार्तापछि पूर्वराजा शाह दिल्ली फर्केर केही दिन बसी काठमाडौं आएका थिए ।

स्रोतका अनुसार राजसंस्था पुनः स्थापना तत्काल गर्न नसके पनि संविधान जारी हुन ढिलाइ गरिदिने वचन त्यतिबेला भारतले पूर्वराजा शाहलाई दिएको बताइन्थ्यो । यो सूचना चिनियाँ राजदूतमार्फत प्राप्त गरेपछि मुलुकका प्रमुख दलहरू हतार हतार १६ बुदेँ सम्झौता गर्दै संविधान निर्माणमा जुटेका थिए । तरुण साप्ताहिकबाट

सम्बन्धित शिर्षकहरु