कात्तिक २२ । काठमाडौं, नेपालस्थित भारतीय राजदूतावासले नेपालका उपप्रधान तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीको अभिव्यक्तिको निन्दा गरेको छ । दूतावासले शनिबार अपराह्न एक वक्तव्यमार्फत उपप्रधानमन्त्री केसीको भनाईको भर्त्सनानिन्दा गरेको हो ।
विज्ञप्तीमा केसीले हिमालय टिभीमा २०१५ नोभेम्बर ६ मा दिएको एक अन्तर्वार्तामा बोलेको कुराले राजदुतावासको ध्यानाकर्षण भएको भनिएको छ । साथै केसीले बोलेको अभिव्यक्ति आधारहिन, उत्तेजक अनि नेपाल भारतको पुरानो सम्बन्ध बिगार्नेखालको भएको विज्ञप्तीमा जनाएको छ । उपप्रधानमन्त्री चित्रबहादुर केसीले भारतले नेपालको समथर भूमि टुक्र्याएर भारतीय महाद्वीपमा गाभ्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका थिए ।
दूतावासले उपप्रधानमन्त्री केसीको अभिव्यक्तिलाई, ‘आधारहिन र उत्तेजक, भारत र नेपालको सदियौंदेखिको ऐतिहासिक, पारिवारिक र सभ्यतापूर्ण सम्बन्ध बिगार्ने उद्देश्य’ द्वारा अभिप्रेरित भन्दै भत्र्सना गरेको हो । वक्तव्यमा भनिएको छ, ‘दूतावास नेपाल सरकार यस्ता अभिव्यक्तिबाट टाढै रहनेछ भन्ने अपेक्षा गर्दछ ।’ दूतावासले भारत नेपाली जनताको शान्ति, स्थायित्व र समृद्धि चाहने जनाएको छ ।
यसअघि विनाविभागीय मन्त्री सत्यनारायण मण्डलले भारतले नेपालमा बिना वर्दीको सेना परिचालन गरेको भन्दै दिएको अभिव्यक्तिको पनि भारतीय दूतावासले खण्डन गरेको थियो ।
के भनेका थिए केसीले?







