काठमाडौं, नेपाली चलचित्र बजार फराकिलो बन्दैछ । त्यसो त बजार बढ्दै गएपनि उद्योगमा भित्रने नयाँ नयाँ कलाकारहरूले संघर्ष गरिरहनु परेकै छ ।
नाम र दाम बटुल्न सिने क्षेत्रमा ह्वात्तै हाम फाल्नेहरूको गणना नै छैन । त्यसमाथि पनि चर्चामा आउन गर्ने हर्कत र अपनाउने तवर तरिकाले सिने क्षेत्रमा नाम भन्दा बढी बदनाम कमाउनेहरूको ठूलै पंक्ति छ । त्यसमै मिसिन आइपुगेकी छिन्, काजोल खनाल । दुईचार वटा म्यूजिक भिडियो र केही चलचित्रका अभिनयले नपुगेर नाम कमाउन उनले बस्त्र नै उतारेकी हुन् ।







