एमालेभित्र कुर्सीको यस्तो हानथाप

CPN-UML-office-dhumbarahiकात्तिक १९ । काठमाडौं, प्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र शीर्ष नेताहरुसँग सरकार गठन हुनुपूर्व गरेको भद्र सहमति तोडेको भन्दै नेताहरु रुष्ट बनेका छन्,  नेपाल समाचारपत्र दैनिकले लेखेको छ ।

पार्टीको नवौं महाधिवेशन हुनुपूर्व सरकार गठनमा नेताहरुसँग गरेको भद्रसहमति कार्यान्वयन नगरेको आरोप ओलीमाथि लागेको छ ।

महाधिवेशनमा ओली र माधव नेपालबीच प्रतिष्प्रर्धा भएपछि निर्णायक भूमिका वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले निर्वाह गरेका थिए ।

अध्यक्ष ओलीले वरिष्ठ नेता खनाललाई पार्टीले राष्ट्रपतिको लागि अघि सार्ने र कार्यबहाक बामदेव गौतमलाई दिने भदै सहमित गरेको गौतम निकटको दाबी छ । ओली प्रधानमन्त्री बनेपछि पार्टीको कार्यवहाक को बन्ने भन्ने दौड पनि शुरु भइसकेको छ ।

सम्बन्धित शिर्षकहरु