बेरुत, इस्लामिक स्टेट आइएस समूहले कब्जामा लिएकोमध्ये सिरियाको अल कार्याटाइन सहरमा रसियाली युद्दक विमानले गरेको हवाई आक्रमणमा २३ सर्वसाधारण मारिएको समाचार छ । एक मानवअधिकार समूहले बुधबार सो जानकारी दिएको छ ।
सोमबार होम्स प्रान्तको अल कार्याटाइन सहरमा भएको यस हवाई आक्रमणमा तीन बालबालिका र एक महिलासहित २३ सर्वसाधारणको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ ।
बेलायतसँग आवद्ध यस मानवअधिकार समूहले सुरुमा यस आक्रमणमा कम्तीमा १० सर्वसाधारण मारिएको जानकारी दिएको थियो ।
आइएसले कब्जामा लिएको यस सहरमा आइएस आतङ्ककारी समू्हद्वारा सयौ सर्वसाधारणको हत्या र अपहरण गरिसकेका छन् ।
सरकारको विरोधमा सिरियामा सन् २०११ मा सुरु भएको यस आन्दोलनमा हालसम्म २ लाख ५० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।








