पेटमा छुरा हानी फरार

कात्तिक ७ । सिन्धुपाल्चोक,  सिन्धुपाल्चोक जिल्ला पाल्चोक गाविस–१ बस्ने ३२ वर्षीय भीमराज गिरीलाई तीन जनाको समूहले पेटमा छुरा हानी फरार भएको छ ।

गए राति सामान्य भनाभनका निहुँमा पाल्चोक–३ बस्ने प्रवीण बराइली, जङ्गलाल कामी र राजु बराइलीले कुटपिट पछि गिरीका पेटमा छुरा प्रहार गरेका थिए गम्भीर घाइते गिरीको हाल काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्र थापाले जानकारी दिए । अभियुक्तको खोजी भइरहेको छ ।

सम्बन्धित शिर्षकहरु