कात्तिक ७ । काठमाडौँ, राष्ट्रपति एवम् उपराष्ट्रपतिको निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्दै छ ।
दिउँसो १२ः३० बजे नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने उक्त बैठकले पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण, प्रतिपक्षीका रुपमा नेपाली काँगेसको भावी रणनीति तय र राष्ट्रपति एवम् उपराष्ट्रपति पदका आफ्ना उम्मेदवारलाई विजयी बनाउने उपायबारे छलफल गर्ने पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले बताए ।
शुक्रबार बिहान उक्त पार्टीको पदाधिकारी बैठक महारागञ्जस्थित पार्टी सभापति सुशील कोइरालाको निवासमा बिहान ९ बजे बस्दैछ ।







