असोज २९ । काठमाडौँ, सत्तारुढ प्रमुख दलमा आन्तरिक किचलो बढ्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन समय लाग्ने देखिएको छ, आजको नागरिक दैनिक लेख्छ ।
केही शक्तिशाली मन्त्रालय भागबन्डा मिलेपनि दलहरुबीच अन्य मन्त्रालयको जिम्मेवारी बाँटफाँट अझै टुंगो लागेको छैन् ।
एमालेले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरुलाई अन्य राजनीतिक दलसँग छलफल गरेर अन्तिम निर्णय लिने जिम्मेवारी दिएपनि छलफललले अन्तिम रुप पाउन सकेको छैन् ।
एमालेबाट मन्त्री बन्नेमा सूचीमा पशुपति चौलागाइँ, शेरधन राई, शेरबहादुर तामाङ, प्रकाश ज्वाला, रबिन्द्र अधिकारी, भानुभत्तः ढकाल र बिनोद श्रेष्ठ लगायत छन् ।
यसैगरी बिहीबार सिंहदरबारस्थित संसदिय दलको कार्यलयमा बसेको प्रमुख सत्तारुढदल एमालेको स्थाई कमिटी बैठकमा मन्त्रहिरुको छनोट गर्दा मापदण्ड बनाउनु पर्ने धारणा आएको छ।








