प्रचण्डको नेतृत्वमा उच्चस्तरिय संयन्त्र

prachanda3असोज २८ । काठमाडौँ, सरकार सञ्चालनमा सघाउन एमाओवादी अध्यक्ष प्रचण्डको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बन्ने भएको छ । सत्ता समर्थक दलहरुको आग्रहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै संयन्त्र निर्माण प्रक्रिया अघि बढाएका छन् । संयन्त्रले सम्भवतः बिहीबार नै औपचारिकता पाउने छ, आजको कान्तिपुर दैनिकले लेखेको छ ।

प्रधानमन्त्री ओलीले बिहीबार बिहान ८ बजेका लागि सरकार समर्थक दलका प्रमुखहरुको बैठक बोलाएका छन् । त्यहाँ संयन्त्रबारे छलफल गरी टुंगो लगाउने तयारी छ ।

सरकारले गर्ने कामकारबाहीहरुलाई सत्तारुढ दलहरुबीच विवादरहित र प्रभावकारी बनाउन यस्तो संयन्त्र खडा गर्न लागिएको हो ।

सम्बन्धित शिर्षकहरु