१८ को हत्या

मैदुगुरी, नाइजेरियाको उत्तरपूर्वी एक नगर मैदुगुरीमा बोको हरामद्वारा गरिएको बम हमलामा परी कम्तीमा पनि १८ जनाको ज्यान गएको समाचार छ ।

सो नगरमा दुई हप्तामात्र अघि पनि यस्तै बम हमलामा परी मृत्यु हुने व्यक्तिको सङख्या ५४ पुगेको बताइएको थियो ।शनिबार उत्तरपूर्वी नाइजेरियाको मैदुगुरीमा भएको आक्रमणमा मारिने व्यक्तिको सङ्ख्या १८ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोको राजधानी मैदुगुरीमा विगत लामो समयदेखि नै बोको हरामहरुले आक्रमण गर्दै आएका थिए । जसका कारण सो क्षेत्रमा दिनहूँजसो नागरिक हताहति हुने गरेको छ । उद्वारमा संलग्न विभिन्न मानवअधिकारवादी सङ्गठन तथा नाइजेरियाको सैनिक अधिकारीले एकपछि अर्को गर्दै उक्त स्थानमा तीनवटा शक्तिशाली बम विस्फोट गराइएको जानकारी दिएका थिए ।

सो क्षेत्रमा यसअ अघिको हत्यामा एकजना महिला आत्मघातीले आफैमाथि बम विस्फोट गराएको प्रहरीको भनाई छ । त्यस समयमा व्यस्त बजारमा सो विस्फोटन भएकोले मारिने व्यक्तिको सङ्ख्या धेरै पुगेको उनको भनाई छ ।

शनिबारको विस्फोट पनि आत्मघाती रहेको बताइएको छ । तर यस विषयमा स्पष्ट जानकारी भने आएको छैन ।

सम्बन्धित शिर्षकहरु