असोज २२ । काठमाडौँ, बैठकको सुरुवात गर्दै सभापति सुशील कोइरालाले भने– अहिले चर्चामा आएजस्तै संविधान बनेपछि एमालेलाई प्रधानमन्त्री दिने र कांग्रेसले राष्ट्रपति राख्ने भन्ने प्रस्ताव आउादै नआएको होइन । तर,इन्स्टिच्युसन (संस्था)ले त्यस्तो निर्णय गरेको छैन । इन्स्टिच्युसन त केन्द्रीय समिति हो, अब छलफल गर्ने वेला आयो, निर्णय गर्ने हैसियत यही इन्स्टिच्युसनलाई छ । ल भन्नूस्, अब हामी कसरी अघि बढौँ ?नयाँ पत्रिका लेख्छ ।
सिंह, सिटौला र खड्का एमाले नेतृत्वको पक्षमा उभिए
सभापतिलगत्तै बोलेका उपप्रधानमन्त्री तथा पार्टी महामन्त्री प्रकाशमान सिंह, महामन्त्री कृष्ण सिटौला र सहमहामन्त्री पूर्णबहादुर खड्काको एउटै आवाज थियो– संविधान भर्खर बनेको छ, त्यसको कार्यान्वयनको चुनौती बााकी छ । त्यसैले तीन दलको एकता तोड्नुहुादैन । एमालेकै नेतृत्वमा सरकार बनाउनुपर्छ र राष्ट्रपति कांग्रेसले लिनुपर्छ ।
रामचन्द्रले भने, ‘दु:ख पाएको मै हुँ, उम्मेदवार पनि मै हुनुपर्छ’
उपसभापति रामचन्द्र पौडेलले सिंह, सिटौला र खड्काको प्रतिवाद गर्दै भने– संविधान बन्यो, दलहरूबीच एकता हुनुपर्छ । तर, त्यसका लागि एमालेलाई नै दिनुपर्छ भन्ने कहाा लेखेको छ ? संविधान कार्यान्वयन गर्ने दायित्व एमालेको पनि हो, सरकारको नेतृत्व पाए मात्र संविधान कार्यान्वयन गर्छौँ भनेर तर्साउन मिल्दैन । बरु, नेतृत्व कांग्रेसले नै गर्ने हो र त्यसमा उम्मेदवार पनि मै हुा । इतिहासमा पनि दु:ख पाएको छु, प्रधानमन्त्रीमा १७ पटक हारेको भनेर अपमान पनि सहेको छु । यसपालि मौका आउादा म पछि पर्दिना ।
देउवाले भने, ‘दलको चुनाव गरौ, जसले जित्छ, उही उम्मेदवार’
शेरबहादुर देउवाले सुशील कोइरालाको मुखमै हेरेर प्रस्ट कुरा राखे– ओलीलाई प्रधानमन्त्रीको आश्वासन दिनुभएको हो भने प्रस्ट भन्नूस् । होइन, तपाईं आफौ उम्मेदवार हो भने पनि बैठकमा भन्नूस् । तपाईंले मैदान छाड्नुभएको हो भने रामचन्द्रजी र म दुईजना उम्मेदवार भयौा । ठीक छ, तपाईं रामचन्द्रजीलाई नै समर्थन गर्नुस्, तर उम्मेदवार को हुने भन्ने फैसला गर्ने जिम्मा संसदीय दललाई दिऊा । दलको चुनावमा जसले जित्छ, उही उम्मेदवार हुन्छ ।
केसीले भने, ‘एमालेलाई नदिऊ, आफैँ सरकार बनाऔँ’
नेता अर्जुननरसिंह केसीले भने– एमाले नेतृत्वको सरकारमा कांग्रेस सहभागी हुने कुरै छैन । ओलीको नेतृत्वमा सरकार बन्यो भने देशले दु:ख पाउछ । ओलीले मधेसीहरूलाई सहमतिमा ल्याउन सक्दैनन्, भारतसाग बिग्रिएको सम्बन्ध सुधार्न पनि सक्दैनन् । यस्तो वेला कांग्रेस आफ्नो भूमिकाबाट कसरी पन्छिन मिल्छ ? सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्छ ।
बहुमत सदस्य कांग्रेस नेतृत्वकै सरकारको पक्षमा
त्यसपछि ५४ जना केन्द्रीय सदस्यका भनाइ आ–आफ्नै गुटको रणनीतिअनुसार थिए । कोइराला पक्षका एक–दुईजनाबाहेक सबैले कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्ने र प्रधानमन्त्रीको उम्मेदवार नेताहरूकै सर्वसम्मतिबाट छान्नुपर्ने विचार राखे भने देउवा पक्षकाले संसदीय दलबाट निश्चित गर्नुपर्ने धारणा राखे । शुक्रबारका लागि १५–१६ जना बोल्न बााकी छन्, तर तीबाहेक पनि बहुमत कांग्रेस नेतृत्वकै सरकारको पक्षमा पुगिसकेको छ ।
कोइराला किन चाहँदैनन् ओलीलाई ?
१. आफ्नो पाला बनेको संविधान सफल होस् भन्ने कोइरालाको चाहना छ । यसका लागि उनी मधेसलाई मिलाउन चाहन्छन् । तर, ओली प्रधानमन्त्री भए मधेसमा वितण्डा मच्चिन्छ । र, संविधान असफल हुन्छ भन्ने उनको डर छ ।
२. भारतले गरेको नाकाबन्दीलाई नेपाल सरकारले अन्तर्राष्ट्रिय मुद्दा बनाएको छैन । त्यसो गर्दा सम्बन्ध झन् जटिल हुन्छ भन्ने कोइरालाको विश्वास छ । तर, अहिले केपी ओली प्रधानमन्त्री भए जनताले दु:ख पाउाछन् भन्ने कांग्रेस केन्द्रीय सदस्यहरूको भनाइमा कोइराला पनि सहमत छन् ।
३. निकट भविष्यमा स्थानीय निकायको चुनाव हुने भनिएको छ । तर, सरकारको नेतृत्व एमालेले पाए ०५४ मा जस्तै साधनस्रोतमा एकलौटी गरेर कांग्रेसलाई ध्वस्त बनाउाछ भन्ने डर सुशील कोइरालालाई छ ।
४. केपी ओलीसाग सुशीलको व्यक्तिगत सम्बन्ध अत्यन्तै बिग्रिएको छ । केही बैठकमा ओलीले आफूलाई अपमान गरेको उनको बुझाइ छ । अहिले किन टीकापुर जानुपरेको भन्दै ओलीले प्रधानमन्त्रीलाई हप्काएका थिए । ओलीको यस्तो शैलीबाट कोइरालाको मनमा इगो उत्पन्न भएको छ ।
५. ओलीको विरोध गर्न कांग्रेसभित्र अहिले सजिलो पनि छ । देउवा र रामचन्द्र पौडेल पनि यही चाहन्छन् । त्यसैले ओलीलाई समर्थन नगर्ने विषय कांग्रेसभित्र लोकप्रिय हुन्छ र निर्णय गराउन सजिलो हुन्छ भन्ने कोइरालाले बुझेका छन् ।
तीन नेताका योजना
सुशील कोइराला
बिहीबारको बैठकमा शेरबहादुर देउवाले ‘तपाईं मैदानमा हुनुहुन्छ कि हुनुहुन्न स्पष्ट भन्नूस्’ भनेर सोध्दा कोइरालाले ‘संविधान बन्यो, अब म प्रधानमन्त्रीको दाबेदार होइन’ भनेनन् । यसको मतलब उनी अझै पनि प्रधानमन्त्रीका आकांक्षी हुन् ।
रामचन्द्र पौडेल
सुशील कोइरालाले समर्थन गरे या नगरे पनि रामचन्द्र पौडेल प्रधानमन्त्रीका दाबेदार हुन् । कोइरालाको समर्थन नपाए उनको र कोइरालाको सम्बन्ध बिग्रिने भएको छ ।
शेरबहादुर देउवा
देउवा सुशीलसाग अनुनय–विनय गरेर होइन लडेर प्रधानमन्त्रीको उम्मेदवार बन्ने पक्षमा छन् । जसरी पनि संसदीय दलको निर्वाचन गराउनेमा उनको जोड छ । संसदीय दलमा जित सुनिश्चित छ भन्ने उनको विश्वास छ ।
रमेश सापकोटा/नयाँ पत्रिका
काठमाडौं २२ असोज
कांग्रेस केन्द्रीय समितिको बुधबार स्थगित भएको बैठक बिहीबार बिहान ९ बजे बालुवाटारमा बोलाइएको थियो । तर, पौने १० भन्दा पहिले पदाधिकारीको बैठक बस्यो । बैठक पौने १२ बजेसम्म चल्यो ।
यसबीचमा केन्द्रीय सदस्यहरूले बालुवाटारमै खाना खाए । तर, शेरबहादुर देउवा र कृष्ण सिटौला घरतिर लागे । सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलले सँगै खाना खाए । पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले खाना खान घर गएका देउवा र सिटौलालाई पर्खिनु पर्यो । साढे १ बजे देउवा र पौने २ बजे सिटौला आइपुगे ।
२ बज्नै लाग्दा बैठक सुरु भयो । पदाधिकारी बैठकको कुराकानी संक्षेपमा प्रस्तुत गर्दै सभापति कोइरालाले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने भनेर संस्थागत निर्णय नभएको र त्यस्तो निर्णय गर्ने अधिकार केन्द्रीय समितिलाई मात्र भएको बताए । उपयुक्त निर्णयका लागि आफ्ना विचार राख्न कोइरालाले सदस्यहरुलाई आग्रह गरे । फ्लोरबाट अधिकांश सदस्यहरुले पहिले पदाधिकारीले धारणा राख्नुपर्ने भन्दै माग गरेपछि कोइराला पदाधिकारीलाई बोल्न निर्देशन दिए ।
सहमहामन्त्री पूर्णबहादुर खड्का
सहमतिमा जानुपर्छ । सहमतिविना जाँदा संविधान संसोधन, यसको कार्यान्वय जस्ता पक्षमा अप्ठेरो पर्छ । हामीले मात्रै सधैं लोभ गर्नुहुदैन । वचन दिइसकेको भए सोही अनुसार जानुपर्छ । धोकाको राजनीति गर्नु हुँदैन ।
महामन्त्री कृष्ण प्रसाद सिटौला
दलीय सहमतिले नै यहाँसम्म आएका हौं । संविधान जारी गर्न सफल भयौं । मिलेर जानुपर्छ । सहमति तोड्न हुँदैन । सहमतिमा एमालेलाई सरकारको नेतृत्व दिंदा कांग्रेसले राष्ट्रपति पद पाउने निश्चित छ । त्यो भनेको धेरै ठूलो उपलब्धि हो । प्रचण्डले प्रधानसेनापतिलाई कारबाही गर्दा राष्ट्रपतिकै कारण रोक्न सकियो । बाबुराम भट्टराईले निर्वाचन घोषणा गर्दा राष्ट्रपतिकै कारण रोक्न सकियो । भोली संविधान कार्यान्वयन गर्ने विषयमा पनि धेरै समस्या आउछन् । त्यो बेलामा राष्ट्रपति हाम्रो भयो भने लोकतन्त्रलाई बचाउन सकिन्छ । त्यसैले हामी यो विषयमा सचेत हुनुपर्छ ।
सहमतिमै हुनुपर्छ । सहमति नबिग्रियोस् भन्नेतर्फ कांग्रेस सचेत रहनुपर्छ । तर, एमालेले कांग्रेसको सम्मान गर्दैन भने कांग्रेसले आफ्नो निर्णय गर्नुपर्छ ।
उपसभापति रामचन्द्र पौडेल
भद्र सहमतिको कुरा आएको छ, तर त्यस्तो भएको छैन । एमालेले हल्ला पिटायो, कांग्रेसले सत्य कुरा पनि भन्न सकेन । सभापतिले नै सहमति भएको छैन भनेपछि कुरा सिद्धियो । फेरि लोकतन्त्रका लागि ओलीभन्दा म बढी पीडित छु । अरूले पनि माया नै गर्छन् । संविधान कार्यान्वयन गर्न समस्या हुन्छ भनेर एमालेले तर्साउन मिल्दैन । एमालेले धोका पाएँ भनेर भन्न मिल्दैन । प्रचण्डले गिरिजाबाबुलाई राष्ट्रपति दिन्छु भनेर धोका दिएको हो कि होइन ? माधव नेपालले मलाई प्रधानमन्त्री दिन्छु भनेर धोका दिएको हो कि होइन ? यी कम्युनिस्टहरूले आफैँ धोका दिन्छन् र अरूलाई धोकेबाज भन्छन् । एमालेले साथ दिएन भने पनि अरूलाई मिलाएर जानुपर्छ । मैले यसभन्दा अगाडि सुशीलजीबाट धेरैपटक आश्वासन पाएको छु, यसपालि आश्वासनले मात्र मान्नेवाला छैन । कांग्रेसभित्रैबाट मलाई धोका नहोस् ।
वरिष्ठ नेता शेरबहादुर देउवा
सभापति आफैँ प्रधानमन्त्रीका लागि अघि बढ्ने हो कि एमाले अध्यक्ष केपी ओलीलाई समर्थन गर्ने हो ? पहिले प्रस्ट हुनुपर्यो । सुशीलजीले मैदान छोड्ने हो भने पनि रामचन्द्रजीलाई समर्थन गरिहाल्नुहुन्छ । हामी दुईजना भिड्छौँ । जो संसदीय दलको नेता हुन्छ, उही प्रधानमन्त्रीको उम्मेदवार हुन्छ । प्रधानमन्त्रीको उम्मेदवार बन्न संसदीय दलको चुनाव गर्ने बाटो खोलिदिनुस् । तपाईंबाट मलाई यत्ति अपेक्षा छ ।
केन्द्रीय सदस्य कसले के भने ?
महेश आचार्य : हाम्रो एजेन्ड के हो ? ६–७ वटा कुरा छन् । हाम्रो पोजिसनअनुसार संविधान संशोधन हुने कुरा कोसँग मिल्छ ? त्यही दलसँग हामी मिलेर जानुपर्छ । हचुवाको भरमा को बन्ने भनेर जाने विषय होइन ।
अर्जुननरसिंह केसी : कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्छ । कांग्रेसले दाबी नगर्ने हो भन्ने म आफैँ प्रधानमन्त्रीको उम्मेदवारी घोषणा गर्छु ।
प्रदीप गिरि : संविधान जारी भयो, दीपावली र ब्ल्याकआउट दुवै भयो । प्रहरी र जनताबीच दंगा भयो । संविधान जारी गर्नेजस्तो महान् काम गर्दा पनि एमालेलाई हामीले मूल्य तिनुपर्ने ? उसलाई सरकारको नेतृत्व दिनुपर्ने ? यो कस्तो राजनीति हो ? तर, सुशीलजीले तीनवटा कारणले यसो गरेको हुन सक्छ– एउटा, भद्र सहमति कार्यान्वयन गर्न, दोस्रो, उहाँ घरबार केही नभएको त्यागी भएकाले यसपालि पनि त्याग गर्न र अर्को, संविधान जारी गर्ने चुनौतीलाई कार्यान्वयन गर्न । तर, मान्नुस् संविधानको सफल कार्यान्वयन कांग्रेसको नेतृत्वमा मात्र हुन्छ । मन्डेलाले संविधान जारी गरे, तर के सरकारको नेतृत्व छाडे ? नेहरूले संविधान जारी गरे, के सरकार छाडेर हिँडे ? नेपालमा पनि सुशील कोइरालाले छाड्न मिल्दैन । कारणवश सुशीलजीले त्याग्नुहुन्छ भने पनि अरूले त्याग्नुपर्छ भन्ने छैन ।
जीवनबहादुर शाही : दिल्ली दरबारको धाक लगाएर मात्र केही हुँदैन । राष्ट्रपति, प्रधानमन्त्री सबै आफैँ बनाउने हो भने बनाए भो, नत्र मिलेर जानुको विकल्प छैन ।
केशवकुमार बुढाथोकी : संविधान जारी गरेपछि तपाईं (सभापति) ‘फादर अफ कन्स्टिच्युसन’ (संविधानको पिता) हुनुभएको छ । यस्तो वेला अब तपाईंले लोभलालच गर्ने उपयुक्त समय होइन । तपाईंले आफूले दाबी नगरेपछि संसदीय दलको चुनाव गराउनुस् । दलको नेता भएपछि दाबी गर्ने कुरा मिल्दै जान्छ । सहमतिमा कुरा अघि बढ्छ ।
रामकुमार चौधरी : एमाले अध्यक्ष ओलीजीका टिप्पणीले तराई चिसो भएको छ । यस्तो वेला कसरी उहाँलाई प्रधानमन्त्री बनाएर जाने ?
फरमुल्लाह मन्सुर : सहमतिका आधारमा जानुपर्छ । फादर अफ कन्स्टिच्युसन पनि भन्ने, तर संसदीय दलको नेताबाट घोक्रेठ्याक लगाउने कुरा पनि हुँदै छन् । सचेत हुनुपर्छ ।
सुजाता कोइराला : मिलेर जानुपर्छ । सहमतिमा जानुको विकल्प छैन । पद मात्र ठूलो होइन । सहमति तोड्न कांग्रेस लाग्नुहुन्न ।
शेखर कोइराला : कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्छ । होइन भने कांग्रेस प्रतिपक्षमा बस्नुपर्छ ।
गुरु घिमिरे : तीनदलीय सहमतिको भावनाअनुसार अघि बढ्नुपर्छ । यसरी अघि बढ्दा विभिन्न विकल्प छन् । परिवर्तनको नेतृत्व गरेको पार्टीले नै संविधानको पनि नेतृत्व गरेको हुनाले समस्या समाधान गर्ने चुनौती पनि यसैमाथि छ । त्यसैले नेतृत्वलाई निरन्तरता दिएर जानुपर्ने पनि हुन सक्छ । आफू प्रतिपक्षमा बसेर अरूलाई नेतृत्व दिने गरी पनि अघि बढ्ने हुन सक्छ ।
प्रदीप पौडेल : कांग्रेसको नेतृत्वमा सरकार बन्दा ठीकै हो । तर, हामीले नेतृत्व गर्दा देश र जनतालाई फाइदा हुने आधारहरू के–के हुन् भन्ने स्पष्ट पार्नुपर्छ । सहमति नभएको भए पनि भएको थियो भन्ने म्यासेज गएको छ, ओली किन नहुने हो भन्ने पनि स्पष्ट भन्नुपर्यो । सबैलाई समेट्न सक्ने हामी हौँ भनेर भन्न सक्नुपर्यो । तर, यति वेला कांग्रेसको उम्मेदवार फलानो हो भन्दैमा कसैले समर्थन गर्दैनन् । हामीले आधार प्रस्ट्याउनुपर्यो । यो–यो सर्तमा हामी विपक्षीको नेतृत्वमा पनि जान सक्छौँ भन्न सक्नुपर्छ ।
मीनेन्द्र रिजाल : कांग्रेसकै नेतृत्वमा सरकार हुनुपर्छ । पहिले पनि एमालेले धोका दिएका छन् त्यसैले उनीहरूसँग मिलेर जानुहुन्न । ०४६ मा मिलेर प्रजातन्त्रका लागि लडियो, ०५४ मा धोका दिए । ०६२/६३ मा मिलेर आन्दोलन गर्यौँ, तर १७ चोटिसम्म प्रधानमन्त्रीको चुनावमा भोट हालेर हामीलाई धोका दिए । संविधान बनेपछि प्राधिकरणमा धोका दिएका छन्, संविधान संशोधनमा अलमल गरेका छन् । त्यसैले उनीहरूसँग मिलेर जानुहुन्न ।
चन्द्र भण्डारी : हामी नेता पहुँच भएका छौँ, तर केही गरनौँ । नेता भन्नलायक छैनौँ । अब फेरि पनि देशलाई डुबाउने काम गर्नुहुन्न ।
महालक्ष्मी उपाध्याय डिना : अहिले तराईका जनताले पाएको दु:खलाई सम्बोधन गर्नुपर्छ । सीमा धानेर त्यहीँका जनता बसेका छन् । देश जोगाउन बसेको पक्षलाई कांग्रेसले सम्बोधन गर्नुपर्छ । सभापतिले संविधान बनाउनुभयो । फादर अफ कन्टिच्युसन भन्दै छौँ अब नेतृत्व हस्तान्तरण गर्न उहाँ तयार हुनुपर्छ ।








