विराटनगर, विराटनगरस्थित रानी भन्सारमा बुधबार अपराह्नसम्ममा भारतबाट एकसय चालीसवटा मालवाहक ट्रक भित्रिएका छन् ।
भित्रिएका गाडीहरुमा डिजेल बोकेका १८ टयाङ्कर, ११ पेट्रोल टयाङ्कर, तीन ग्यास बुलेटका साथै कच्चा पदार्थ, फलफूल, खाद्यान्नलगायत मालवाहक ट्रक रहेको रानी भन्सार कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिएका छन्।








