असोज १९ । काठमाडौँ, सरकारले गत वर्ष निःशुल्क औषधि खरिदका लागि छुट्टयाएको करोडौँ रुपैयाँ रकमान्तर गरी निजी अस्पताललाई बाँडेको पाइएको छ । सरकारले निःशुल्क औषधी खरिदका लागि छुट्ट्याएको १२ करोड ५० लाख रूपैयाँ रकमान्तर गरी धुलिखेल अस्पताललाई बाँडेको पाइएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अर्थ मन्त्रालयका उच्च अधिकारीहरूको मिलेमतोमा सो रकम रकमान्तर गरी धुलिखेल अस्पताललाई दिइएको हो । धुलिखेल अस्पताललाई दिइएको हो । धुलिखेल अस्पतालले रकमान्तर गरी लगेको सो रकम केमा खर्च भयो र त्यसबाट कनि नेपालीले सुविधा लिए भन्ने तथ्य कहिँ कतै खुल्दैन ।
नेपाल सकारबाट प्रत्येक वर्ष अनुदान पाउने सो अस्पतालले सरकारलाई खर्च विवरणसमेत बुझाएको देखिँदैन । अनुदान पाउने जुनसुकै अस्पताल वा संस्थाले साउन मसान्तसम्म खर्चविवरण बुझाइसक्नुपर्छ । समाचार आजको राजधानी दैनिकमा छ ।








