कोठे बैठकले वार्ता हुँदैनः तमलोपा अध्यक्ष ठाकुर

Mahanta Thakur we were betrayedभक्तपुर, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले तीनदलको वार्ताटोलीले स्पष्ट मार्गचित्र ल्याएर वार्तामा बसेमात्रै वार्ता सफल हुने बताएका छन्।

रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले सरकारले देखावटीरुपमा मात्रै वार्ता टोली बनाएर भुलाउन खोजेको भए वार्ता सफल नहुने बताए ।

अध्यक्ष ठाकुरले भने– “अनौपचारिक भेटघाटमा तीन दलका नेताले मधेसको माग पूरा गर्छौँ भन्छन्, तर फेरि कोठे बैठक बसेर अर्कै चलखेल गर्ने गरेको आशङ्का छ, देखावटी वार्ता टोली गठन गरेर अल्मल्याउन खोजिँदै छ, स्पष्ट मार्गचित्रबिनाको वार्ता टोली आए वार्ता सफल हुँदैन ।”

सम्बन्धित शिर्षकहरु