नेपालमा नाकाबन्दी लगाउने कुरा हामी सोच्न पनि सक्दैनौँः भारतीय गृहमन्त्री सिंह

rajnath-lकाठमाडौँ,  भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालमा नाकाबन्दी लगाउने भन्ने कुरा आफूहरुले सोच्न पनि नसक्ने स्पष्ट पारेका छन । गृहमन्त्रीको सरकारी निवास अकवर रोड १७ मा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँग कुरा गर्दै उनले भने ‘भारत सरकार, जनता कुनै पनि बहानामा नेपालमाथि नाकाबन्दी लगाउने कुरा सोच्न समेत सक्दैन । हामी त नेपालको विकासमा सहयोग गर्न चाहन्छौँ । नाकाबन्दी भन्ने शब्दको उच्चरण नै नगर्नुस, भारतले यस्तो कुरा सोच्न पनि सक्दैन र कहिल्यै गर्दा पनि गर्दैन । यो कल्पना भन्दा बाहिरको कुरा हो, यस्तो कुरा गरेर सम्बन्धमा चिसोपन ल्याउने कुरा कसैले पनि नगरौँ । भारतले नाकाबन्दी न लगाउँछ, न लगाएको छ यो कल्पनै नगर्नु । म सबैलाई भन्न चाहन्छु, अघोषित नाकाबन्दी लगाएको कुरा गरेर सम्बन्ध चिस्याउने काम कसैले नगर्नुस ।’

उनले नेपाललाई दुख सुखमा साथ दिदै आएको बताउँदै भविष्यमा पनि साथ दिदै जाने स्पष्ट पार्दै नेपालमा समस्या परेको बेलामा भारतले जस्तो सुकै सहयोग गरेको र आगामी दिनमा पनि गर्दै जाने प्रतिबद्धता ब्यक्त गरे । गृहमन्त्री सिंहले भने –अहिले आपूर्ति ब्यवस्थामा आएको असहजताप्रति हामी सजग छौँ । नेपालकै आन्तरिक कारणले यो अवस्था सृजना भएको हो । त्यसलाई सकेसम्म हाम्रो तर्फबाट छिटो भन्दा छिटो समस्या समाधान गर्नको लागि पहल गरिरहेका छौँ । नेपालीलाई हामी कुनै पनि अभाव नहोस भन्नेमा सचेत छौँ । नेपालीलाई दुख हुँदा सबैभन्दा बढी चिन्तित हामी हुन्छौँ यसमा हाम्रो सरकार सजग छ ।’उनले गतल सन्देश प्रभावित गरेर दुई देशको सम्बन्धलाई प्रभावित पार्ने प्रयास गरिएको दावी गर्दै नेपालमा भारत विरोधी गतिविधी बढेकोमा आफू एकदमै दुखी भएको बताए ।

सिंहले नेपालमा जारी सरकार निर्माण प्रति चासो राखे पनि नेपालमा कस्तो र कस्को नेतृत्वमा सरकार बनाउने भन्ने कुरा नेपालका राजनीतिक दलहरुले निर्णय गर्ने कुरा भएकोले त्यसमा आफूहरुको कुनै चासो र हस्तक्षेप नभएको बताए । उनले सो क्रममा आफूले पछिल्लो उत्पन्न असमझदारीको विषयमा नेपालका प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोनमा कुराकानी गरेको समेत जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु