नाकाबान्दीबाट भारतलाई १० अर्ब भारु नोक्सान

गाडी नेपाल भित्रिएकाठमाडौँ, नेपालमा प्रमुख तीन दल र मधेसी मोर्चाबीच वार्ता सकारात्मक हुँदै गए पनि बिहारको रक्सौल नाकाबाट अझैसम्म आपूर्ति सुचारु भएको छैन ।

अघोषित नाकाबन्दीबाट भारतीय सीमावर्ती व्यापारीलाई करिब दश अर्ब भारु बराबरको घाटा भएको अनुमान गरिएको छ । यसले नाकाबन्दी हटाउन भारतलाई दबाब परेको छ ।

काग्रेस आईसहित विपक्षी दलहरूले नाकाबन्दी हटाउन दिल्लीमा बेग्लाबेग्लै प्रतिक्रिया दिइरहेका छन् । यस्तो अवस्थामा भारत नाकाबन्दी जारी राख्न पनि नसक्ने र फिर्ता पनि गर्न नसक्ने अवस्थामा पुगेको छ ।

भारत सरकारले नाकाबन्दी लगाएर गल्ती गरेको छ, मधेसीहरूको माग सम्बोधन हुने दिशातिर परिस्थिति अघि बढे पनि ठोस सम्झौता नहुन्जेल नाका खोल्ने अवस्था छैन,’ ।

सम्बन्धित शिर्षकहरु