बैद्यको शरणमा बाबुराम

Baburam-bhattaraiअसोज १५ । काठमाडौँ,  राष्ट्रपति डा. रामवरण यादवले असोज ३ गते संविधानसभाबाट संविधान घोषणा गरेलगत्तै प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, मस्यौदा समितिका सभापति कृष्ण सिटौला लगायतका नेता तथा सभासद् एक आपसमा बधाई साटासाट गर्दै रात्रीभोजमा सहभागी भइरहेका थिए । तर, संवैधानिक–राजनीतिक सम्बाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई भने संविधानसभा निर्वाचन बहिष्कार गरेका नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यलाई भेटेर संविधान जारी भएकोमा पश्चाताप र आत्मग्लानि गर्न आतु थिए ।  संविधान घोषणालगत्तै संविधानसभा भवनपरिसरमा आतिसबाजी र मुलुकभर दीपावली गरेर खुसीयाली मनाइरहेका बेला भट्टराई बैद्यको धापासीस्थित् निवासमा पुगेर आफूबाट गल्ती भएको गुनासो पोखिरहेका थिए । ‘मलाई खुसीयाली मनाउन, दीपावली गर्न, रमाइलो गर्न र रात्रीभोजमा सहभागी हुन मन लागेन । संविधानसभाबाट बाहिर निस्कनेबित्तिकै तपाईंलाई फोन गरेँ । फोन लागिहाल्यो अनि सीधै तपाईंकोमा आएको हुँ, भट्टराईले बैद्यसँग भने ।

संविधानमार्फत लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आफूसँग पार्टीभित्र संघर्ष गर्दै आएका भट्टराईको अभिव्यक्ति सुनेपछि बैद्य चकित खाए । ‘तपाईंको लाइन त संवैधानिक रूपमा पास गराउनु भएको छ, तपाईं बेखुसी हुनुपर्ने के रह्यो र ?’ बैद्यले भट्टराईलाई सोधे । भट्टराईले जवाफ दिए, ‘खै हुन त हो तर मलाई चित्त बुझेको छैन । बहुमत अल्पमतमा संविधान बनाउने कुरा चित्त बुझेन ।’ समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु