ग्याँस पाइएन? दाउरा लानोस्

dauraअसोज १५ ।  काठमाडौँ, सर्वसाधारणलाई खाना पकाउने ग्याँस उपलव्ध गराउन नसकेपछि सरकारले दाउरा उपलव्ध गराउने आश्वासन दिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण उपत्यकालगायत देशभर खाना पकाउने ग्याँस अभाव भएपछि सुशील कोइराला नेतृत्वको सरकारले दाउरा उपलव्ध गराउने  अव्यवहारिक निर्णय लिएको हो ।

मुख्य सचिव डा. सोमलाल सुवेदीको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले ग्याँसको सट्टा दाउरा दिने निर्णय लिएको हो । सचिवहरूले ग्याँस बाड्न नसकिने निष्कर्ष निकाल्दै बरु दाउरा वितरण गर्न सहज हुने देखेर यस्तो निर्णय लिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैकल्पिक उपायका रूपमा यस्तो निर्णय गरिएको हो । ‘ग्याँस नभएपछि विकल्पका रूपमा दाउरा अघि सारेका हौँ’, खत्री भन्छन् । सचिवहरूको निर्णयअनुसार जनतालाई आवश्यक पर्ने दाउरा वन तथा भू–संरक्षण मन्त्रालयले उपलव्ध गराउने छ ।  बन मन्त्रालयले दाउरा दिने भने पनि कुन मापदण्डका आधारमा कस्ता जनतालाई कति दिने भन्ने विषयमा भने सचिवस्तरीय निर्णय मौन छ । समाचार आजको राजधानी दैनिकमा छ  ।

सम्बन्धित शिर्षकहरु