नेपालीहरू विच ‘वडा नंम्बर छ’ चलचित्रको माग बढ्दै गएको भन्दै यसलाई पुन: प्रदर्शन गरिने भएको छ। आयोजकहरूले असनेपालन्युजलाई जानकारी गराए अनुसार आगामी अक्टोबर १० र १२ तारिखमा थप दुई दिन सो चलचित्र प्रदर्शन गर्ने तयारी गरिएको छ । चलचित्र वडा नम्बर ६ लाई अष्ट्रेलिया र न्युजिल्याण्डमा प्रदर्शनको ब्यवस्थापन गरिरहेका महेश बाबु का अनुसार अपेक्ष्या गरिए भन्दा बढी नै दर्शकेले चलचित्र बाट मनोरन्क्जन लिएका छन्। पछील्लो प्रदर्शनीमा टिकट नपाएर फर्केका हरू र अन्य को माग समेट्दै यो चलचित्र पु:न प्रदर्शन गर्न लागिएको हो। हर्ट्सभिलस्थित सिभिक थियटरमा नयाँ साउण्ड सिष्टम र प्रोजेक्टर जडान गरिएकाले पनि अबको प्रदर्सानी थाप ब्यवस्थित हुने छ उनको भनाइ छ । आगामी प्रदर्शनी दुबै दिन साँझ ६ बजेदेखि शुरु हुने छ जसले दिन भरी काम गरेर आउने हरूलाई पनि हेर्ने अवसर प्रदान गर्छ । चलचित्रको अनलाइन टिकट ‘ हाम्रो सिड्नी डट कम’बाट खरिद गर्न सकिने बाताईएको छ । चलचित्रबाट आएको मुनाफाको ५ प्रतिशत नेपालको भूकम्प पीडितको सहयोगका लागि दिइने आयोजकहरूको प्रतिवद्दता छ । यस चलचित्रका नायकमध्येका एक सन्दिप क्षेत्रीले केही दीन अघि सिड्निका दर्शक माझ छुट्टै प्रभाव जमाउन सफल बनेका थिए । महेश असनेपालन्युज लाई भन्छन्भ” दर्शक दीर्घा बाट यती राम्रो प्रतिकृया आउँला भन्ने अपेक्ष्या गरिएको थिएन तर अचम्मै भयो ‘।
हाँस्य टेलिशृङ्खला ‘तितो सत्य’, जिरे खुर्सानी’ र ‘मेरी बास्सै’ समूहका कलाकारको प्रस्तुति रहेको उक्त चलचित्र हाल राजधानीका तीन जिल्लाका २४ ‘चित्र मन्दिर’मा प्रदर्शन भइरहेको छ । आफ्नो चलचित्र दर्शकले अति रुचाएको बताउँदै कलाकार दीपाश्री निरौलाले भनेकी थीईन – “चलचित्रले सोचेभन्दा पनि ज्यादा दर्शकको माया पाएको छ, चलेको एक हप्ता नपुगी करोडको व्यापार गर्नु चानचुने कुरा हैन ।” हुन त करिव रु ८० लाखको लगानीमा बनेको यो चलचित्रले रिलिज हुनु अगाडि नै निकै चर्चा बटुलेको थियो । उज्वल घिमिरेले निर्देशन गरेको चलचित्रमा दीपाश्रीसँगै दीपकराज गिरी, जितु नेपाल, प्रियन्का कार्की, केदार घिमिरे, सीताराम कट्टेल, सन्दीप क्षेत्री, दयाहाङ राईलगायतका कलाकारको अभिनय छ । प्रायः टेलिभिजनमार्फत दर्शकको मन जितेका हाँस्य कलाकारको निर्माण र अभिनय भए पनि चलचित्र माओवादी द्वन्द्वका बेलाको मार्मिक कथामा आधारित भएकाले दर्शकको मनमा छाप छोड्न सकेको विश्लेषकको भनाइ छ । यो वर्ष ‘रिलिज’ भएका चलचित्र ‘रेशम फिलिली’, ‘होस्टेल रिर्टन्स’ ‘भैरव’ र ‘लव सव’ मध्ये ‘वडा नं ६’ सर्वाधिक सफल हुने अनुमान गरिएको छ । चलचित्र यही असोज १५ गतेदेखि उपत्यका बाहिर प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ । –
पहिलो पाईलो








