आन्दोलनले नाका ठप्प

resize_image.phpअसोज ८ । काठमाडौँ, आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले धर्ना दिएपछि वीरगञ्ज विराटनगर लगायत देशका प्रमुख भन्सार नाका ठप्प भएका छन् । भारतले गरेको अघोषित नाकाबन्दीका कारण काँकडभिट्टास्थित मेची भन्सार, भैरहवा र नेपालगञ्ज नाकाबाट समेत पेट्रोलियम पदार्थ दैनिक उपभोग्य वस्तु आउन पाएका छैनन ।

मधेसी दलका नेताकार्यकर्ताले वीरगञ्ज–रक्सौलबीचमा रहेको मितेरी पुलस्थित दशगजा क्षेत्रमा बिहीबार विहान १० बजेदेखी घर्ना दिएर नाका ठप्प पारे । मधेसी मोर्चा र संघीय समावेसी मोर्चा मधेसी मोर्चाका नेता कार्यकर्ता छुट्टाछुट्टै धर्नामा बसेका थिए ।

विराटनगरस्थित जोगवनी नाकामा भारत बिहारको सीमा शुल्क (भन्सार) कार्यालयले नेपाल पठाएन । ४० दिनदेखि जारी मधेसी मोर्चाको आन्दोलनका कारण भारतबाट आउने मालबाहक गाडीको संख्यामा कमी हुँदै गएको थियो । नेपालबाट जाने गाडीको संख्या पनि न्यून थियो । समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु