काठमाडौँ, संविधान घोषणाको तयारी भइरहेको बेला संविधानसभाका सभासद्हरु आ–आफ्नै परम्परागत पोशाकमा संविधासभा भवन परिसरमा उपस्थित भएका छन् ।
राष्ट्रपति डा रामवरण यादवले आज साँझ ‘नेपालको संविधान, २०७२ नेपाली जनतामा लागू भएको’ घोषणा गर्नेछन् ।
संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पा शेर्पा पोशाकमा उपस्थित भएका छन्। यस्तै, गुरुङ तथा मगर समुदायबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद् पनि आफ्नै परम्परागत पोशाकमा सहभागी भएका छन्।
नेपालको आफ्नै विशेषता र जातीय पहिचानलाई झल्को दिने गरी सभासद् उपस्थित भएपपछि भवन परिसरको माहोलमा बेग्लै रौनक छाएको छ । एकीकृत नेकपा माओवादीका तर्फबाट संविधानसभा सदस्य रुपा महर्जन नेवारी पोशाकमा संविधान घोषणा समारोहमा सहभागी भएकी छिन् ।
सभासद्हरु आपूm–आफूमा बधाई साटासाट गर्न व्यस्त छन् । संविधानसभा भवन नजिकै रहेको नयाँ बानेश्वर चोकमा सयौको सङ्ख्यामा उपस्थित भएका नागरिकले संविधान घोषणा सभामा सहभागी हुन आउने सभासद् तथा विशिष्ट पाहुनाको स्वागत गरिरहेका छन् ।


![cfOtaf/ 3f]if0ff x'g] g]kfnsf] ;+ljwfg @)&@ sf] k"j{ ;GWofdf ;+ljwfg;ef ejgdf g]kfnsf] emG8f kmx/fP/ ul/Psf] ;hfjt . tl:a/ M /Tg >]i7, /f;; .](http://ausnepalnews.com/wp-content/uploads/2015/09/1442671571775_RS-KTM-sabidhan-shabha-bhavan-4-300x200.jpg)






