दुवै मोर्चाको कडा प्रतिक्रिया

Bijay-upendraअसोज ३ । काठमाडौँ, तीन दलले वर्ताका लागि पुनः आह्वान गरेकामा असन्तुष्ट दुवै मधेसी मोर्चाले कडा प्रतिक्रिया दिएका छन् । वार्ताका लागि कुनै प्रस्ताव नराखी संविधान जारी हुने पूर्वसन्ध्यामा प्रचारबाजी मात्रै गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र  संघीय लोकतान्त्रिक मोर्चाले बताएका छन् ।

‘न विगतका सम्झौता कार्यान्वयन गर्ने प्रतिवद्धता छ, न हाम्रा चारबुँदे मागको सुनुवाई छ, वार्ता भनेको बिहेको निम्तो पठाएजस्तो हो र?’ समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रश्न गरे, हामी वार्ताको ढोका खुला राखेर आन्दोलनमा हिँड्यौँ ।’ तमलोपा अध्यक्ष हृदयेश त्रिपाठीले तीन दलको वार्ता प्रस्ताव ‘कर्मकाण्डी’ भएको भएको टिप्पणी गरे । ‘ठोस प्रस्ताव केही छैन, वार्ता भन्दै कराएर मात्रै हुन्छ ?’ उनले प्रश्न गरे । तीन दलको सम्बोधनमा तराई– मधेस शब्द समेत उल्लेख नभएको भन्दै मधेसी दललहरूले त्यसलाई ‘असंवेदनशीलताको पराकाष्ठा’ भनेका छन् । समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु