दाहाल भट्टराईकै कुरा मिलेन

prachanda-and-baburamभदौ २५ । काठमाडौँ, संविधानको जारी प्रक्रियाको विषयमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता डा. बाबुराम भट्टराईबीच नै मत बाझिएको छ ।  पार्टी मुख्यालय पेरिडाँडामा बिहीबार बसेको तीन शिर्ष नेताको छलफलमा दाहाल र भट्टाईबीच मत बाझिएको हो ।

विकल्पका विषयमा अध्यक्ष दाहाल  बरिष्ठ नेता भट्टराईबीच मतभेद देखिएको छ । भट्टराई संविधान निर्माणको जारी प्रक्रिया केही दिन स्थगित गर्नुपर्ने पक्षमा देखिएका छन् भने अध्यक्ष दाहाल प्रक्रिया नरोकी त्यसैभित्रबाट असन्तुष्टका माग सम्बोधनको बाटो खोज्नुपर्ने पक्षमा छन्, श्रेष्ठन पनि भट्टराईकै विचारसँग नजिक देखिएका छन् । दाहालले भट्टराई र श्रेष्ठको दबावका कारण प्रक्रिया रोक्ने भन्दा पनि पक्रिया भित्रैबाट केही समय वार्ता र छलफलका लागि समय निकाल्नुपर्ने मध्यमार्गी उपाय सुझाएका छन् । उनी अधिकतम प्रयास गर्ने तर प्रयास गर्दा पनि सहमतिको सम्भावना देखिँदैन भने प्रक्रियालाई अगाडि बढाएर जानुपर्ने पक्षमा छन् । तीन नेताबीचको छलफलपछि असन्तुष्टका माग सम्बोधनको अन्तिम पहलकदमीका लागि दाहालले आज शुक्रबार प्रमुख तीन दलको बैठक बोलाउन प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेको समाचार आजको राजधानी दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु