दुवै मोर्चाद्वारा सरकारको वार्ता प्रस्ताव अस्वीकार

Bijay-upendraभदौ २४। काठमाडौँ, मुख्य तीन दलले वार्ताका लागि गरेको संयुक्त आह्वानलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अस्वीकार गरेको छ  मोर्चाले प्रक्रिया स्थगन र पहिलो मधेश विद्रोहताका सरकार– फोरमबीच भएको २२ बुँदे सहमति कार्यान्वयनलाई वार्ताको पूर्व सर्तका रूपमा अघि सारेको छ ।

‘२७ जना मरिसके, तर हाम्रा मागप्रति राज्यले अहिलेसम्म कुनै संवेदनशीलता देखाएको छैन,’ संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले भने,‘अहिलेको संविधान प्रक्रिया नरोक्ने र विगतको सम्झौता कार्यान्वयन नगर्ने भएपछि वार्तामा आउन आह्वान गर्नुको कुनै अर्थ छैन । केका लागि वार्ता गर्ने?’ तमलोप अध्यक्ष महन्थ ठाकुरले वार्ताको प्रस्ताव हुनु सकरात्मक भएपनि मुख्य दलहरूले त्यसका लागि कुनै तयारी नगरेको हुँदा यही अवस्थामा संवाद हुन नसक्ने बताए ।  मोर्चाका अरू नेतासँगै भैरहवा पुगेका ठाकुरले मधेशको संवेदनशील परिस्थितिलाई काठमाडौँले महसुस गर्न नसकेको भन्दै वार्तामा आउनुको अर्थ नहुने बताए ।

यता विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले पनि वार्ता प्रस्ताव अस्वीकार गरेको छ ।  फोरम लोकतान्त्रि उपाध्यक्ष जितेन्द्र देवले वार्ताको अमूर्त प्रस्ताव औचित्यहीन् भएको भन्दै ठोस एजेण्डा ल्याउन माग गरे । ‘यो नयाँ कुरा भएन, प्रक्रिया पनि नरोक्ने भएपछि छलफल कसरी हुन्छ?’ उनले प्रश्न गरे । समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु