भदौ १८। सप्तरी, अनिश्चितकालीन आमहडतालको घोषणा गरेको संयुक्त मधेसी मोर्चाको कार्यकर्ताले आज बिहान सप्तरीको भारदह–१ स्थित पूर्व–पश्चिम राजमार्गमा पर्ने इलाका प्रहरी कार्यालय भारदहको मूलगेटमै रोकिराखेको बसमा आगजनी गरेको छ ।
सयौँको सङ्ख्यामा आएको प्रदर्शनकारीले ना४ख ४२६६ नम्बरको बसमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
आगो लगाइएको बस एक हप्ताअगाडि प्रदर्शनकारीले ढुङ्गामुढा गरेर पल्टेको बस भएको र सो बसलाई इलाका प्रहरी कार्यालयअगाडि ल्याएर राखेको थियो ।








