अस्ट्रेलियामा एघार हजार विद्यार्थीको भिसा रद्द

भीमसेन सापकोटा ,सिड्नी ।  अष्ट्रेलिया सरकारले करिव ११ हजार  विद्यार्थीहरूको भिसा रद्द गरेको छ । अष्ट्रेलियन डिपार्टमेन्ट अफ इमिग्रेसन एण्ड बोर्डर प्रोटेक्सन (डीआइबीपी) ले यो तथ्याङ्क वाहिर ल्याएको हो । यो  तथ्यांक गत  २०१४ जुलाई देखि जुलाई १५ सम्मको हो ।  अघिल्लो वर्ष मात्रै अष्ट्रेलिया सरकारले  ८०१८ विद्यार्थीको भिसा रद्द गरेको थियो । यसमा  नेपाली विद्यार्थीको संख्या पनि उल्लेख्य रहेको  नेपाली शैक्षिक परामर्श व्यवसायीहरूको भनाइ छ ।

यसरी भिषा रद्द हुने विध्यार्थीहरूमा सबै भन्दा बढी चाइनिज १७९३, दक्षिण कोरिया १६६० र बांकि फिलिपिन्स , भियतनाम , सिङापुर,भारतीय  तथा नेपालका विध्यार्थी रहेका छन्न। सन् २०१३ र १४ को तुलनामा यो सँख्या ३० प्रतिशतले बढेको हो ।

pyne_10feb13_081अस्ट्रेलियाका शिक्षा मन्त्री क्रिस्टोफर पेन  ले केही समय अघि दिएको अभिब्यक्ति यस्तो थियो  “अस्ट्रेलियाको लागि शिक्षा ब्यवसाय ठुलो प्रतिश्ठाको बिषय हो । हामीले यसको गुणस्तरीयता धान्न भिषा लागायतका क्षेत्रमा कडा नियम चाल्नै पर्छ ”। 

अष्ट्रेलिया पछिल्लो समय नेपालीहरूको उपयुक्त शैक्षिक गन्तव्य बन्न पुगेको छ । फर्जि कागजपत्र पेश गरी भिसा प्राप्त गरेका तथा मामपदण्ड भित्र नपरेका कारण नेपाली विद्यार्थीहरूको भिसा रद्द गरिएको हो ।

यस बारेमा नेपाली   शैक्षिक परामर्श ब्यवसायी मध्येका एक  मेघ राज श्रेष्ठ(मेघराज श्रेष्ठ (सिड्नी बिजनेस हाउस)) असनेपालन्युजलाई भन्नु हुन्छ “यसरी भिषा रद्द हुने सन्ख्यामा नेपालीहरूको हिस्सा पनि ठुलै छ । हामीलाई अन्तिममा मा आएर सहयोग गरिदिनु पर्‍यो भनेर अनुरोध गर्छन्न जबकि अन्तिममा सहयोग गर्न सक्ने सबै आधार सकिसकेको हुन्न्छ ।megh-raj-shrestha हुने सम्मलाई त हामी सहयोग गर्छौ नै ।”  भिषा रद्द बहेकै कारण विध्यार्थी हरूले शरणार्थी वा संरक्षाण भिषामा आवेदान दिने गरेका छन्न। अद्यागमन को ‘रेफुजी विभागमा हरेक दिन जसो नेपालीका लागि शरणार्थी योग्यता छानविनका लागि अन्तर्वाता हुने गरेको बताइन्छ ।

सन् २०१० र २०११ को समयमा सबै भ्जन्द बढी भिषा भारतीय विद्यार्थी को रद्द भएको थियो । अध्यागमनका अनुसार यो सँख्या ६५३६ थियो तर अहिले आएर चानिज विध्यार्थी हरूको विशा बढी रद्द भएको तथ्याङ्क छ । 240540-student-visas

माइग्रेशन अलाइन्स का अनुसार विध्यार्थी भिषा मा भने गत साल भन्दा यो वर्ष २ प्रतिशतले व्रिद्दी गरिएको छ। सन् २०१४ जुलाई १ देखि २०१५ जुन ३० सम्म अस्ट्रेलियाले विभिन्न देशका विध्यार्थी गरि २९९,५४० विध्यार्थी भिषा जारी गरेको सो अलाइन्सले आफ्नो वेव बुलेटिन मा उल्लेख गरेको छ । विषेश गरि फि तिर्न नसकेर असमयमै कलेज परिवर्तन ,कमजोर ब्यान्क ब्यालेन्स तथा नक्कली कागजात का कारण बढी मात्रमा भिषा रद्द हुने गरेको जनाइएको छ ।
तर सरोकारवाला व्यवसायीहरू भन्छन् उचित तयारी का साथ नियम बुझेर अध्ययन गर्ने विध्यार्थिहरूलाई भने भिषा रद्द हुने समस्या रहंदैन ।

सम्बन्धित शिर्षकहरु