अलपत्र परेका यात्रुलाई खाना खुवाउन समस्या

भदौ १७ । काठमाडौँ, संयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण अलपत्र परेका यात्रुलाई खाना खुवाउन स्थापना गरिएको भोजनालय बजेट र खाद्यसामग्रीको अभाव भएपछि चलाउन समस्या भएको छ ।

अलपत्र परेका यात्रु र यातायात मजदुरलाई लक्षित गरेर विराटनगर बसपार्कमा सञ्चालित निःशुल्क भोजनालय बजेट अभावले समस्यामा परेको हो । देशका विभिन्न ठाउँबाट गन्तव्यमा पुग्न नसकेका अलपत्र परेका यात्रु र नेपालका विभिन्न ठाउँबाट गाडी लिएर आएका यातायात मजदुरलाई पूर्व नेपाल यातायात व्यवसायी सङ्घ मोरङ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन मोरङले भोजनालयको स्थापना गरेर खानाको व्यवस्था खुवाउन थालेको हो ।

दैनिक सात सयभन्दा बढी यात्रु र मजदुरलाई निःशुल्क खाना खुवाउँदै आएको सो भोजनालयले १५ दिनपछि बजेट र खाद्य सामग्री अभावमा भोजनालय चलाउन समस्याका कारण बन्द हुने अवस्थामा पुगेको जिफन्टका कोसी अञ्चल अध्यक्ष किशोर धमलाले बताए।

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन मोरङका सचिव कृष्ण घिमिरेका अनुसार विराटनगर बसपार्कमा अहिलेसम्म अलपत्र परेका १० हजार यात्रु मजदुरलाई खाना खुवाइसकेका छन् ।

सम्बन्धित शिर्षकहरु