आगामी वर्ष पनि फेशनमाण्डूलाई निरन्तरता दिइने

आगामी वर्षपनि फेशनमाण्डूलाई निरन्तरता दिइने भएको छ ।  फेशनमाण्डू २०१५ भव्यतापूर्वक सफल भएपछि आयोजकले २०१६ मापनि फेशनमाण्डू सोलाई निरन्तरता दिने बताएका हुन् ।  अष्ट्रेलियामा गत शनिबार फेशनमाण्डू सो आयोजना गरियो ।

binodके गरिरा डटले आयोजना गरेको फेशनमाण्डू भव्यतापूर्वक सम्पन्न भएको आयोजकले दावी गरेका छन्  । कार्यक्रममा यस वर्ष बेष्ट मोडलको उपाधि पाउने मोडललाई आगामी वर्ष शो स्टपरका रूपमा प्रस्तुत गर्ने योजना रहेको आयोजकको भनाई छ । कार्यक्रममा मिस टीन ग्लोबल युनाईटेड २०१४ सन्नी टर्नरले आगन्तुहरूको स्वागत गरेकी थिइन्  । साथै उनी पनि शो स्टपरको रूपमा रनवेमा सहभागि थिइन् । फेशनमाण्डूको क्रममा मिस नेपाल वल्र्ड २०१२ श्रृष्टि श्रेष्ठले थप उत्साह प्रदान गरिन् । सिड्नीको एसएमसी कन्फ्रेन्स सेन्टरमा आयोजना गरिएको उक्त बृहत सोमा विभिन्न डिजाईनमा १६ अन्तर्राष्ट्रिय र ४ नेपाली मोडलले र्याम्पमा थिए । कार्यक्रमको सुरूवातमा टिट्टो र अखिमको करियोग्राफीमा मोडलहरूले आपूmलाई दर्शकमाझ उभ्याएका थिए । यसैगरी जय हो कलेक्सन, अमित बरालको डिजाईनमा कक्टेल ड्रेस मुख्य आकर्षण बन्यो ।

नेपाली समूदायले पहिलो पटक यस किसिमको कार्यक्रम गरेकाले आगन्तुकहरू प्रफुल्लित देखिन्थे भने गाउँघरकै झल्को विर्साउने गरी नेपाली पोशाकमा ठाँटिएका विदेशी मोडलहरूले आफूलाई प्रस्तुत गर्दा उनीहरूले ताली नबजाइरहन सकेनन् ।  ।

फेशनमाण्डूमा नेपाली फेशन डिजाईनर विश्व गौतमको कलेक्सन अत्यन्त सुन्दर बन्यो । जसमा शो स्टपरका रूपमा श्रृष्टि श्रेष्ठ थिइन् । यस्तै नेपिन्डोले केही नृत्यहरू प्रस्तुत गरेको थियो भने दि स्याडोज व्याण्डका कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए ।

rihnoकार्यक्रममा बेष्ट मोडलको उपाधि ब्रिटनी सियेथलाई प्रदान गरिएको छ । कार्यक्रमको सञ्चालन योलान्डी फ्रैंकलिन, किम क्यान्सेलियर, पीजे श्रेष्ठले गरेका थिए । कतिपयले यस्ता कार्यक्रमले अष्ट्रेलियामा रहेका नेपालीका दोश्रो पुस्तालाई समेत जोड्ने भन्दै प्रसन्नता व्यक्त गरे ।

कार्यक्रम संयोजक अर्चना थापा र किरण नेवाले सफलतापूर्वक आयोजना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा अर्को राम्रो पक्ष सो मार्फत संकलित रकमको मुनाफा जीवन उत्थान नामक अनाथ बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थालाई प्रदान गरिने छ ।

फेशनमाण्डूकै क्रममा स्मार्ट राइनो कम्पनीजको तर्फबाट सुरूवात गरिएको स्मार्ट राइनो कम्युनिटी एवार्डबाट लिबरल फ्रेण्डस अफ नेपालका अध्यक्ष श्री नापितलाई प्रदान गरियो । उनले नेपालको बिनासकारी भूकम्पका बेला  राहत र पुनःस्थापनामा सघाऊ पुर्याएवापत सम्मान गरिएको थियो ।

यस्तै मृत मुटुलाई अर्को शरीरमा प्रत्यारोपण गरी विश्वभरि नै चर्चा कमाउन सफल भएका डा. कुमुद धिताललाई पनि सम्मा गरियो । नेपाली समूदायलाई विश्वमा चिनाउने कार्यमा महत्वपूर्ण योगदान दिँदै चिकित्सा जगतमै चमत्कारिक काम गरेकोमा उनी सम्मानित भएका हुन् । उनीहरूलाई एनआरएन अध्यक्ष शेष घले, एनआरएन सचिव रञ्जु वाग्ले र स्मार्ट राइनो ग्रूपका निर्देशक विनोद पौडेलले संयुक्त रूपमा अवार्ड वितरण गरे

सम्बन्धित शिर्षकहरु