अफगानिस्तानमा ५१ तालिवान छ सैनिक मारिए

काबुल,  अफगानिस्तानका विभिन्न भूभागमा यहाँको सेना र प्रहरी सम्मिलित संयुक्त सुरक्षा फौजको कारबाहीमा परी कम्तीमा पनि ५१ जना तालिवान मारिएको समाचार आइतबार सार्वजनिक गरिएको छ ।

अफगान गृह मन्त्रालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ ।

मन्त्रालयद्धारा जारी विज्ञप्तिमा शनिबार विहानदेखि जारी यस कारबाहीमा क्रममा चार सशस्त्र आतङ्ककारी घाइते हुनुको साथै अन्य २२ जना पक्राउ परेका जनाइएको छ ।

यस कारबाहीको क्रममा सडककिनारमा रहेको बम आक्रमणमा परी छ सैनिकले ज्यान गुमाएका पनि मन्त्रालयद्धारा जारी प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

अफगानिस्तानको सेना र प्रहरीले तालिवान आतङ्ककारीहरुका विरुद्धमा निरन्तर रुपमा कारबाही जारी राखेको समाचार छ ।

प्राप्त समाचारअनुसार यसरी जारी राखिएको कारबाही अन्तर्गत गएको २४ घन्टाभित्र गरिएको कारबाहीमा ती तालिवान मारिएका हुन ।

अफगानिस्तानबाट नेटो सैनिकले तालिवानसँगको युद्धमा भाग नलिने भनी बिदा लिएको भए पनि दिनहुँजसो त्यहाँको सुरक्षाबलले आतङ्ककारी विरुद्ध कारबाही जारी राखेका छन् ।

केही दिनयता भएको तालिवानविरुद्धको कारबाहीका क्रममा त्यहाँको प्रहरीलाई सफलता प्राप्त भइरहेको पनि अधिकारीहरूले जनाएका छन् । तर कतिपय क्षेत्रमा तालिवानहरुको आक्रमणमा सर्वसाधारण र सुरक्षाकर्मीको ज्यान जाने क्रममा जारी रहेको छ ।

अफगानिस्तानमा बाँकी रहेका नेटो सैनिकले तालिवानसँग युद्ध नगर्ने तर अफगान सुरक्षाबललाई तालिम र सल्लाह दिने बताइएको छ । नेटो सैनिकले युद्ध समाप्तिको घोषणा गरी अफगानिस्तान छोडेको बताएपनि युद्ध भने रोकिएको छैन ।

सन् २००१ को अन्त्यमा अफगानिस्तानको शासन सत्ताबाट अपदस्थ भएका तालिवान आतङ्ककारी समूहले एम्बुस र आत्मघाती आक्रमण गर्दै सुरक्षाकर्मी र सर्वसाधाराण नागरिकको हत्या गर्दै आएको पाइन्छ ।

सम्बन्धित शिर्षकहरु