१८ दिनदेखिको लगातार बन्दका कारण कपिलवस्तुको जनजीवन अस्त्व्यस्त

terai2भदौ १३ । कपिलवस्तु, लगातारको बन्दका कारण यस जिल्लाको जनजीवन पूर्ण प्रभावित बनेको छ । अठार दिनसम्मको लामो बन्दका कारण जिल्ला सदरमुकाम तौलिहवामा पेट्रोलियम पदार्थ र ग्यासको पनि अभाव हुन थालेको छ ।

बन्दले गर्दा कृष्णनगर तथा चन्द्रौटा क्षेत्रमा रहेका एक दर्जन बढी उद्योग ठप्प भएका छन् । शिक्षण संस्था बन्द हुँदा विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ ।

बन्दका कारण सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, पकडीलगायतका ठाउँ पूर्णरुपमा प्रभावित बनेका छन् । आन्दोलनरत मोर्चाका कार्यकर्ताले जिल्ला सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटालगायतका ठाउँमा भने दिनहुँजसो प्रदर्शन गरिरहेका छन् ।

सम्बन्धित शिर्षकहरु