टीकापुर भिडन्तमा १७ प्रहरी मारिएको पुष्टि

kailaliभदौ ७ । काठमाडौँ, कैलालीको टिकापुरमा थरुहट तथा मधेसी दलका कार्यकर्ता र प्रहरीबीच भीषण भिडन्त हुँदा १७ जना प्रहरी मारिएको पुष्टि भएको छ । ११ जना सशस्त्र र ६ जना नेपाल प्रहरीको मृत्यु भएको छ ।

प्रदर्शनकारीहरुतर्फपनि धेरै हताहती भएको अनुमान गरिएको छ ।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा तोड्न थरुहट तथा मधेसी दलका कार्यकर्ताले लाठी, भाला र ढुङ्गा प्रहार गर्दै निषेधाज्ञा तोड्न खोजेपछि भिडन्त भएको हो ।

थरुहट तथा मधेसी दलका कार्यकर्ताले प्रहरीमाथि भाला र अन्य घरेलु हतियारले आक्रमण गरेको स्थानीय बासिन्दाले बताएका छन । उनीहरुका अनुसार प्रदर्शनकारीले केही प्रहरीलाई जिउँदै जलाएर हत्या गरेका छन् ।

सम्बन्धित शिर्षकहरु