गच्छदार पनि आन्दोलनमा जाने

bijaya-gachhadarकाठमाडौँ, विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सात प्रदेश बनाउने निर्णयमा असहमति जनाएको छ।

फोरम लोकतान्त्रिकले शुक्रबार अपरान्ह सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सात प्रदेशमा जाने तीन दलको सहमतिप्रति असहमति जनाएको हो। चार दलीय मोर्चाबाट अलग हुने घोषणा भने गच्छदारले गरेका छैनन्। पत्रकार सम्मेलनमा गच्छदारले भने, सात प्रदेशमा जाने सहमति हामीलाई मान्य छैन। हाम्रा माग र मुद्दाको सुनुवाई नभएकोले विशेष समितिको बैठकमा हाम्रो सहभागिता नभएको हो।

तर संविधान निर्माणको प्रकियामा भने सहयोग गर्ने गच्छदारले बताए। उनले भने, ‘हाम्रा असहमति र विरोधका बाबाजूद पनि हामी संविधान निर्माण प्रकियामा सघाउँछौं। वाधक बन्दैनौं।’

चार दलको बैठकमा आफ्ना माग र मुद्दाको सुनुवाई नभएको भन्दै फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले शुक्रबर बिहान नै चार दलीय मोर्चाबाट अलग हुने संकेत शीर्ष नेताहरुलाई दिएका थिए।

थारुको बाहुल्य रहेको कैलाली, कञ्चनपुर, झापा, मोरङ, सुनसरी र नवलपरासीका सम्बन्धमा पार्टीले राखेको मागलाई वेवास्ता गर्दै प्रदेशहरुको निर्माण भएको भन्दै फोरम लोकतान्त्रिकले असन्तुष्टी जनाउँदै आएको छगच्छदारले यी जिल्लालाई पहाड मिसाउन नहुने र थरुहट प्रदेशको पहिचान झल्किने गरी प्रदेश निर्माण हुनुपर्ने माग राख्‍दै आएको थियो।

सम्बन्धित शिर्षकहरु