
असनेपालन्युज समाचार । सिड्नी। नेपालको बिकासमा सघाउ पुर्याउने हेतुले अस्ट्रेलियाबाट एक डलर अभियान शुरु गरिएको छ । गैर आवसिय नेपाली संघ अस्ट्रेलिया (एन आर एन ए ) अन्तर्गत न्यु साउथ वेल्स राज्य समितिका पदाधिकारी हरूले सो अभियान अगाडि ल्याएका हुन्। यस अन्तर्गत कार्यसमितिका हरेक पदाधिकारीले हरेक दिन एक डलर नेपाल सहयोगमा छुट्याउने सो समितिले असनेपालन्युजलाई जानकारी दिएको छ। यो अभियानमा एनाआरएनका पदाधिकारी , सद्स्य तथा गैर सदस्य समेत सहभागी हुन सक्ने छन्। शुरुमा एन एस डब्लु राज्य समितिको २१ जना पदाधिकारी हरू बाट शुरु गरिसकिएको यो अभियानलाई ब्यापक बनाउने सो समितिले लक्ष्य राखेको छ । एन एस डब्लु राज्य समितिका संयोजक दिनेश पोख्रेल असनेपालन्युजलाई बताउनुहुन्छ ” थोपा सँगालेर समुद्र बनाउने यो पारीयोजना मार्फत एन आर एन मार्फत नेपालको दुर्गम जिल्लामा चालिएका शिक्षा सम्बन्धी परीयोजना सफल पारिनेछ । यसै महिना देखि रकम संकलन कार्य शुरु भईसकेको जनाइएको छ । सो समितिले नेपालमा भुकम्प पीडितलाई एनआरएन मार्फत सघाउने अस्ट्रेलियाका नेपालीहरूलाई सम्मान गर्ने , मशिन रिडेवल पासपोर्ट (एम आर पि) बनाउन एक कार्यशाला आयोजना गर्ने लगायतका कार्यक्रमलाई समेत अगाडि ल्याएको छ ।








