साउन १७, बुटवल । लोडसेडिङविरुद्ध रुपन्देहीमा स्थानीय युवा प्रदर्शनमा उत्रिदा स्थिती तनावग्रस्त बनेको छ । दैनिक ६ घण्टा लोडसेडिङ गराएको भन्दै स्थानीय बिरोधमा उत्रिएपछि रुपन्देहीको मंगलापुर क्षेत्र तनावग्रस्त बनेको हो ।
लोडसेडिङको बिरोधमा मंगलापुरका जनताले बुटवल–भैरहवा सडक खण्ड बन्द गराएपछि खुलाउन पुगेको प्रहरीसँग झडप भएको थियो । झडपमा ४ प्रहरी र १५ प्रदर्शनकारी घाइते भएका छन् ।
प्रदर्शनकारीले सवारीसाधन तोडफोड गर्न थालेपछि प्रहरीले हस्तक्षेप गर्नुका साथै अश्रुग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीले बताए ।








