अष्ट्रेलियामा ‘होस्टेल रिटर्न्स ’

सिड्नी, अष्ट्रेलियाको सिड्नीमा ‘होस्टेल रिटर्न्स ’को सानदार प्रदर्शन गरिएको छ  । प्रिमियर सोको नाम दिएको उक्त प्रदर्शनी सिड्नीमा मात्रै तीन सो भएको हो । दर्शकको माग अनुसार थप दुई सो गर्न लागिएको वितरणमा मुख्य भूमिका खेलेका गोविन्द भण्डारीले असनेपालन्यूजलाई जानकारी दिए । अष्ट्रेलियामा चलचित्रलाई अत्यधिक रूचाइएको पनि उनले जानकारी दिए । चलचित्रमा कलाकारहरूको जीवन्त अभिनय रहेको भन्दै उनीहरूले नेपाली चलचित्र उद्योगमा ‘होस्टेल रिटर्न्स ’ नयाँ आयाम भएको प्रतिक्रिया दिए । चलचित्रको सवै पक्ष उत्कृष्ट छ । ‘कलाकारहरूको जीवन्त अभिनय देख्न पाइन्छ । चलचित्रमा सवैले एकदम मेहनत गरेको देखियो’ दर्शकहरूको प्रतिक्रिया उद्धृत गर्दै भण्डारीले असनेपालन्यूजलाई भने ।

उनका अनुसार मेलवर्न र क्विन्सल्याण्ड्मा पनि प्रदर्शनीका लागि रील विक्रि भइसकेको छ । भण्डारी पछिल्लो समय अष्ट्रेलियामा नेपाली चलचित्रको प्रवद्र्धनका लागि परेका छन् ।

यसअघि दुईवटा चलचित्र ‘ब्याक टु ब्याक’ हिट दिईसकेको दुर्गिस फिल्मस्को ब्यानरमा बनेको तेस्रो चलचित्र हो ‘होस्टेल रिटर्न्स ’ । चलचित्रका मुख्य कलाकार सुशिल श्रेष्ठ र शशी श्रेष्ठलाई देख्न सकिन्छ ।

टिनएजरहरूको कथा बोकेको चलचित्र ‘होस्टेल रिटन्र्स’ भाद्र चार गतेबाट नेपालका मुख्य फिल्महलहरूमा प्रदर्शनमा आउने छ । चलचित्र ‘होष्टेल रिटन्र्सको निर्देशन सुजर भुषालले गरेका हुन् । यसअघिका चलचित्र झै होस्टल रिटर्न्समा पनि निकै मेहनत गरिएको चलचित्रका निर्माता सुनिल रावल जानकारी गराउँछन् । आफ्ना सबै चलचित्रहरुले राम्रो ब्यापार गरेको बताउदै उनले भने ‘मन देखि चलचित्र बनाउनु पर्छ दर्शकलाई अवश्य मन पर्छ, होस्टल रिटर्न्स पनि हामीले मनदेखि बनाएको सिनेमा हो।’

सम्बन्धित शिर्षकहरु